MENU

अर्थ

Ncell Axiata

शेयरबजार लगातार राताम्मे, कारोबार २४ करोडमा खुम्चियो

काठमाडौं, माघ २३ – शेयरबजार परिसुचक नेप्से मंगलबार ६ अंकले घटेको छ । सोमबार १० दशमलव ४६ अंकले घटेको नेप्से मंगलबार ६ दशमलव ०२ अंकले घटेर १३ सय ९४ विन्दुमा आइपुगेको हो । 

नेप्से लगातार घट्न थालेपछि कारोबार रकम पनि घट्न थालेको छ । सोमबार ३० करोड ७८ लाख रुपैयाँको शेयर किनबेच भएकोमा मंगलबार २४ करोड २० लाख रुपैयाँको मात्र शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । सबै समूहको परिसुचक ओरालो लागेको दिन मंगलबार सबैभन्दा धेरै बीमा समूह ३० दशमलव १८, जलविद्युत २२ दशमलव ५४, लघुवित्त ७ दशमलव ५५, होटल ६ दशमलव ८७ अंकले घटेको छ । 

बजार घटे पनि सिन्धु विकास बैंकका लगानीकर्ताले भने मंगलबार झण्डै साढे ४ प्रतिशत कमाएका छन् । कर्णाली विकास बैंकका लागानीकर्ताले ४ दशमलव ६ प्रतिशत गुमाएका छन् । 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया