MENU

खेल

ujyaalo forign call inside

​विमल र किरणको टिमले आज आई–लिग खेल्दै

काठमाडौं, माघ २४ –नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर विमल घर्तीमगर र गोलकिपर किरण चेम्जोङको टिमले बुधबार आइलिगमा छुट्टाछुट्टै म्याच खेल्दैछन् ।

 

हालै मात्र मोहन बगानमा आवद्ध भएका विमलले चेन्नाई सिटीविरुद्ध खेल्दैछन् ।तमिलनाडुमा हुने यी दुई टिमको खेल साँझ ६ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा विमलले डेब्यू गरे पनि इन्जुरी समयमा मैदान प्रवेश गरेका कारण लामो समय खेल्न पाएका थिएनन् ।

बुधबारको खेलमा उनी सुरुवाती ११ मा पर्ने निश्चित भएको छैन । डेब्यू खेलमा उनले प्रशिक्षक अगाडि राम्रो इम्प्रेसन जमाएका थिए । त्यस खेलमा मोहन बगान ३–० ले विजयी भएको थियो ।
 

बुधबार नेपाली गोलकिपर किरण चेम्जोङको टिम पनि मैदानमा उत्रदैछ । किरणको टिम मिनर्भा पञ्जावले शिलोङ लाजोङको सामना गर्दैछ । पञ्जाबले जित निकालेमा लिगको शीर्ष स्थानमा उक्लने मौका हुनेछ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया