MENU

मनोरञ्जन

ujyaalo forign call inside

​‘पद्मावत’पछि अब कंगना रनावतको ‘मणिकर्णिका’ निसानामा

माघ २४ –दीपिका पादुकोण अभिनित सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावत’ लामो समयसम्म  विवाद र चर्चाका बीच सार्वजनिक भयो । केही राज्यबाहेक सबै ठाउँमा फिल्म रिलिज भयो ।

 

करणी सेना तथा कयौं राजनितिक दलले विरोध प्रदर्शन गरेपछि ‘पद्मावत’को प्रदर्शनमा रोक लगाइएको थियो । लामो समयको लडाईँपछि सर्वोच्च अदालतको आदेशपछि  २५ जनवरीबाट प्रदर्शन भएको छ । ‘पद्मावत’को विवाद सेलाउन नपाउँदै नायिका कंगना रनावतको फिल्म ‘मणिकर्णिका’ विवादको चपेटामा पर्न सुरु भइसकेको छ । 

झाँसीकी रानी लक्ष्मीबाईको कहानीमा बनिरहेको कंगना रनावत अभिनित फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ लाई लिएर सर्व ब्राह्मण महासभाले राजस्थान सरकारसँग राजस्थानमा भइरहेको छायांकनमा रोक लगाउन माग गरेको छ । उनीहरुले रानी लक्ष्मीबाईको चित्रण फिल्ममा आपत्तीजनक तरिकाबाट गरिएको र उनको जीवनीलाई गलत तरिकाले प्रस्तुत गर्न लागिएको शंका गरेका छन ।

त्यस समुदायले पत्रकार सम्मेलनमा तीन दिन भित्रमा उनीहरुको माग पुरा नगरिए सशक्त रुपमा आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन । यसअघि ‘पद्मावत’को विरोधमा सर्व ब्राह्मण महासभाले करणी सेनालाई साथ दिएको थियो । 

कंगनाको फिल्म‘मणीकर्णिका’को धेरैजसो छायांकन राजस्थानको जयपुर र जोधपुरमा भएको छ । रानी लक्ष्मीबाईको भूमिकामा नायिका कंगना रनावत छिन् भने सोनु सूद, अतुल कुलकर्णी तथा टेलिभिजनकी नायिका अंकिता लोखंडे प्रमुख भूमिकामा रहेका छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया