MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

​भारतीय प्रधानमन्त्री मोदीकी श्रीमती जसोदाबेन सडक दुर्घटनामा घाइते

माघ २४ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जसोदाबेन राजस्थानको कोटा–चित्तौड राजमार्गमा सडक दुर्घटनामा परेकी छिन् । उनको टाउकोमा चोट लागेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । 

दुर्घटनामा एक जनाको ज्यान गएको बताइएको छ भने मोदी पत्नी जसोदाबेनलाई चित्तौडको एउटा अस्पतालमा भर्ना गरिएको छ । प्रहरीका अनुसार जसोदाबेन सामान्य घाइते भएको र उनलाई प्रहरीले अस्पताल लगेको थियो । 

यसभन्दा पहिले सन् २०१६ मा पासपोर्ट कार्यालयमा निवेदन दिन गएकी जसोदाबेन चर्चामा आएकी थिइन् । तर उनले भारतीय प्रधानमन्त्री मोदीसँगकाे वैवाहिक प्रमाणपत्र भने पेश गरेकी थिइनन् । उनले मोदीसँग गुजरातको मुख्यमन्त्री रहँदा नै आरटीआईमार्फत आफ्नौ वैवाहिक कागजपत्र माग गरेकी थिइन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया