MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

​उत्तर कोरियाका नेता किम जोनकी बहिनी दक्षिण कोरियाको ओलम्पिकमा सहभागी हुने

माघ २४ – उत्तर कोरियाका नेता किम जोन उनकी बहिनी किम यो जङ शुक्रबार दक्षिण कोरियामा हुने ओलम्पिकमा सहभागी हुने दक्षिण कोरियाले जनाएको छ ।

नेता किमकी सबैभन्दा कान्छी बहिनी जङ गएको वर्षमा कम्युनिष्ट पार्टीको नीति निर्माण गर्ने स्थानमा पुगेपछि चर्चामा रहेकी थिइन् ।
दुवै कोरियाका खेलाडीले एउटै झण्डा लिएर ओलम्पिकको उत्घाटनमा सहभागी हुने बताएका छन् ।

उत्तर कोरियाले दक्षिण कोरियसँग बढाएको पछिल्लो सम्बन्धले दुई कोरियाबीचको सम्बन्ध सुध्रिदै गएको बताइएको छ । तर, विज्ञहरुका अनुसार यस्तो सम्बन्धले उत्तर कोरियाको आणविक कार्यक्रममा भने कुनै असर नपर्ने बताइएको छ ।

ओलम्पिकको लागि उत्तर कोरियाका २ सय ८० जनाको प्रतिनिधि मण्डल बुधबार दक्षिण कोरिया आइपुगेकाे जनाइएको छ । उक्त प्रतिनिधि मण्डलमा उत्तर कोरियाका खेलकुद मन्त्री किम इल–गुक प्रतिनिधित्वमा २ सय २९ जना खेलकुद समर्थक, चार जना राष्ट्रिय ओलम्पिकका प्रतिनिधि र २६ जना तेक्वान्दो खेलाडी र २१ जना पत्रकारहरु सहभागी भएकाे जनाइएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस