MENU

राजनीति

ujyaalo forign call inside

प्रदेश नम्बर ६ मा मतदान सकियो

सुर्खेत, माघ २४ – प्रदेश नम्बर ६ मा राष्ट्रियसभा सदस्यको लागि मतदान सम्पन्न भएको छ । यो प्रदेशमा स्थानीय जनप्रतिनिधि नगर प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष गरेर १ सय ५८ र प्रदेश सांसद ४० जना गरेर १ सय ९८ जना मतदाता रहेका थिए ।

सबै मतदाताले उत्साहका साथ मतदान गरेको निर्वाचन अधिकृत मेदिनिप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सफल भएको बताउनुभयो । अब केही बेरमा सर्वदलिय बैठक बसेर ४ बजेदेखि मतगणना सुरु गर्ने उहाँले जानकारी दिनुभयो  ।  

प्रदेश नम्बर ६ को मतदान सुर्खेतको विरेन्द्रनगर  स्थित जिल्ला निर्वाचन कार्यालयको भवनमा भएको थियो । ४८ मतभार भएका प्रदेश सांसद र १८ मतभार भएका स्थानीय जनप्रतिनिधिले छुट्टाछुट्टै लाइनमा बसेर मतदान गर्ने व्यवस्था गरिएको थियो ।  स्थानीय जनप्रतिनिधि र प्रदेश सांसदका लागि दुई वटा मदातन केन्द्र तोकिएको थियो  ।  

प्रदेश नम्बर ६ बाट ८ राष्ट्रियसभा सदस्यका लागि १२ जनाको उम्मेदवारी रहेको छ । वाम गठबन्धको तर्फबाट एमालेले ५, माओवादी केन्द्रले ३ र नेपाली कांग्रेसको तर्फबाट ४ जनाले उम्मेदवारी दिएका छन् । वाम गठबन्धको महिला सदस्यमा एमालेका नन्दा चपाई र कविता बोगटी, खुल्ला सदस्यमा ठगेन्द्र पुरी र भैरबसुन्दर श्रेष्ठ, अल्पसंख्यक वा दलित कोटाबाट नरपति लुहारले उम्मेदवारी दर्ता गराउनु भएको थियो । 

माओवादीबाट अपाङ्ग कोटामा जीवनबहादुर बुढा, खुला सदस्यमा कालिबहादुर मल्ल र महिला सदस्यमा युटोल लामाले उम्मेदवारी दिनुभएको छ । यस्तै कांग्रेसबाट अपाङ्ग कोटामा गोपालप्रसाद शर्मा, खुला सदस्यमा विष्णुबहादुर शाही, महिला सदस्यमा सुर्यदेवि मल्ल र दलित कोटाबाट मित्रलाल सार्कीले उम्मेदवारी दर्ता गराउनु भएको थियो ।  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया