MENU

अन्तर्वार्ता

Ncell Axiata

सबै टिमले फ्रेस स्टार्ट गर्नुपर्छ : कप्तान पारस खड्का

काठमाडौं, माघ २४ – आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू बिहीबारदेखि नामिबियामा सुरु हुँदैछ । नेपालले प्रतियोगिताको यात्रा घरेलु टिम नामिबियाविरुद्धको खेलबाट सुरु गर्दैछ । नामिबियाविरुद्ध उत्रनु अघि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कासँग हामीले कुरा गरेका छौं ।

बिहीबार हुने नामिबिया विरुद्धको खेलका विषयमा के भन्नु हुन्छ ?

प्रतियोगिताको पहिलो खेल हो । राम्रो क्रिकेट खेल्न जरुरी छ ।  नामिबिया घरेलु टोली हो । त्यसैले नेपालले आफ्नो क्षमता अनुसारको खेल प्रदर्शन गर्नुपर्छ । सबै टिम उत्तिकै बलिया छन । नेपाली टिम कन्सिटेन्सीमा फोकस छ । हामी खेलका लागि तयार छौं । नेपालले केही कुरालाइ पनि हल्का रुपमा लिन हुन्न ।

पहिलो खेलमा जित हात पार्नै पर्छ भन्ने खालको प्रेसर छ की छैन ?

हरेक खेल महत्वपुर्ण छ ।  पाँच खेल छन् हामी सँग । पाँचै खेल उत्तिकै महत्वपूर्ण छन् । यति हो की हामीले राम्रो सुरुवात गर्नुपर्छ ।

नामिबिया विरुद्ध नेपालको पछिल्लो समयको रेकर्ड राम्रो छ । यसले टिमलाइ कत्तिको सकारात्मक उर्जा दिन्छ ?

त्यो विगत हो । हामीले राम्रो क्रिकेट खेल्नुको विकल्प छैन । रेकर्ड राम्रो छ । तर, भोली दुवै टिमका लागि नयाँ दिन अनी नयाँ खेल हो । नयाँ प्रतियोगिता हो । सबैले फ्रेस स्टार्ट गर्नुपर्छ ।

रोहित पौडेलले बिहीबारको खेलमार्फत राष्ट्रिय टिममा डेब्यू गर्ने संभावना छ ?

त्यो बिहीबार विहानको टिम मिटिङ पछि निर्णय गरिनेछ ।

 पछिल्लो समयको नामिबिया टिमलाइ कसरी लिनु हुन्छ ?

नामिबिया लगायत सहभागी सबै टोली राम्रा छन् ।  त्यसैले आफूलाइ राम्रोसँग अगाडि धकेल्न आवश्यक छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया