MENU

राजनीति

Ncell Axiata

प्रदेश नम्बर ६ को मुखयमन्त्री महेन्द्रबहादुर शाही हुने

सुर्खेत, माघ २४ – माओवादी केन्द्रले प्रदेश नम्बर ६ को मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाहीको नाम टुंगो लगाएको छ । माओवादी नेताहरु जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मायाप्रसाद शर्माको संयुक्त बैठकले मुख्यमन्त्रीमा शाहीको नाम टुंगो लगाएको हो ।

यसको औपचारिक निर्णय भने बिहीबार मात्रै हुने माओवादी केन्द्रले जनाएको छ । माओवादीभित्र शाही र नरेश भण्डारीबिच कसलाई मुख्य मन्त्री बनाउने भन्नेमा कुरा मिल्न सकेको थिएन ।

कालिकोटको प्रदेशसभा ‘ख’ का सांसद शाही यसअघि उर्जामन्त्री हुनुहुन्थ्यो । एमालेसँग प्रदेश नम्बर ६ र ७ को मुख्यमन्त्री माओवादीले पाउने सहमती भएपछि माओवादी केन्द्रले मुख्यमन्त्रीको नाम टुंग्याएको हो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया