MENU

अर्थ

ujyaalo forign call inside

शेयरबजार बुधबार पनि रातै

काठमाडौं, माघ २४ – शेयरबजार परिसुचक नेप्से बुधबार १२ अंकले घटेको छ । मंगलबार ६ अंकले घटेको नेप्से बुधबार १२ अंकले ओरालो लाग्दै १३ सय ८२  विन्दुमा आइपुगेको हो । बुधबार कारोबार रकम भने मंगलबार भन्दा २ करोड बढेर २६ करोड ५५ लाख पुगेको छ । 

वित्त बाहेकका सबै समूहको कारोबार घटेको दिन बुधबार सबैभन्दा धेरै बिमा समूह ८३ अंकले घटेको छ । यस्तै होटल समूह १८ दशमलव १३,  उत्पादन समूह १६ र लघुवित्त समूह १५ दशमलव ९१ अंकले घटेका छन् । वित्त समूह भने ४ दशमलव ३३ अंकले बढेको छ । बुधबार सबैभन्दा धेरै नेपाल बैंकको शेयर ५ करोड १८ लाखभन्दा धेरैको किनबेच भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ । 

बजार घटे पनि बुधबार गुह्येश्वरी मर्चेण्ट वित्तिय सस्थाका लगानीकर्ताले ६ प्रतिशत कमाएका छन् भने सबैभन्दा धेरै कालिका लघुवित्त बैंकका लगानीकर्ताले ४ प्रतिशत रकम गुमाएका छन् ।  

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया