MENU

राजनीति

ujyaalo forign call inside

​७ नम्बर प्रदेशमा मतदान सम्पन्न, दुई सांसद मतदानमा अनुपस्थित

विमल विष्ट/उज्यालो ।

डोटी, माघ २४ – राष्ट्रियसभा सदस्यका लागि ७ नम्बर प्रदेश डोटीमा भएको मतदान सम्पन्न भएको छ । ७ नम्बर प्रदेशमा ९९ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

स्थानीय तहका प्रमुख तथा उप– प्रमुखले शत प्रतिशत मतदान गरेका छन् भने प्रदेशसभाका ५१ जनाले मात्रै मतदान गरेका छन् । राष्ट्रियसभा चुनावका लागि स्थानीय तहका १ सय ७६ र प्रदेशसभाका ५३ जना सदस्य गरी कुल २ सय २९ जना मतदाता रहेका थिए ।

कैलालीको क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टीबाट दुई जना सांसदले मतदान गरेका छैनन् । दुई जना सांसदले मतदान नगरेपछि जम्मा २ सय २७ मत खसेको छ ।

राजपाका प्रदेश सांसद कृष्णकुमार चौधरी र मालती राना थारुले मतदान नगरेको निर्वाचन कार्यालय डोटीले जनाएको छ । आफ्नो पार्टीकातर्फबाट उम्मेदवार पनि नभएको र कुनै दलले भोट पनि नमागेको कारण आफूहरु मतदान गर्न नगएको राजपाका प्रदेश सांसद मालती रानाथारुले बताउनुभयो ।

‘हामीले चुनाव बहिस्कार गरेका होइनौं’, थारुले भन्नुभयो, ‘उम्मेदवार नभएका कारण हामी भोट हाल्न नगएका हौं ।’ ७ नम्बर प्रदेशमा बुघबार सम्पन्न राष्ट्रियसभाको चुनावमा दुई पदका वाम तथा लोकतान्त्रीक गठबन्धनका ४ जना उम्मेदवारका बीच प्रतिस्पर्धा भएको छ ।

दलित तथा अपांग र अल्पसंख्यकतर्फका उम्मेदवारका बीच प्रतिस्पर्धा भएको हो । दलिततर्फ नेपाली कांग्रेसका शेरीराम पार्की र एमालेका तर्फबाट चक्रप्रसाद स्नेहीका बीचमा प्रतिस्पर्धा भएको छ ।

अपांगता भएका तथा अल्पसंख्यकका तर्फबाट नेपाली कांग्रेसका छत्रराज जोशी र माओवादीका महेशकुमार महराका बीच प्रतिस्पर्धा भएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया