MENU

विज्ञान प्रविधि

Ncell Axiata

गरिब परिवारलाई अनुदानको सोलार वितरण

हुम्ला, माघ २४ – आर्थिक अवस्था कमजोर भएका घरपरिवारलाई वैकल्पिक उर्जाको लागि सोलार वितरण गरिएको छ । उज्यालोबाट बञ्चित भएका हुम्लाका सर्केगाड र सिमकोट गाउँपालिका साविक साँया, सर्किदेउ रठेहे गाविसका १ सय ५० घरधुरीलाई ५ हजार सहुलियत मुल्यमा सोलार घरैमा पुर्‍याई वितरण गरिएको सहयोगी संस्था ग्रामिण जनउत्थान विकास कार्यक्रम संयोजक गणेश महताराले बताउनुभयो ।

यसले प्रतिघरलाई तीनवटा वत्ति बाल्न सकिने जनाइएको छ ।  सोलार मुगु जिल्लाको गमगडी हुँदै खच्चरमार्फत ढुवानी गरी हुम्ला पु¥याई सहुलियत दरमा वितरण गरिएको हो । हिमाली क्षेत्रमा श्रोतको दिगो सदुपयोग परियोजना अन्र्तगत टिडिएच जर्मनी विएम जेटको सहयोमा सोलार वितरण गरिएको जनाइएको छ । 

सर्केगाड गाउँपालिका वडा नम्बर ४ मा ५० र २ मा ५० सहित सिमकोट गाउँपालिकाको वडा नम्बर १ ठेहेमा ५० वटा सोलार सहुलियत दरमा वितरण गरिएको छ । हुम्ला पुग्दा सोलारको प्रति सेट २० हजार मुल्य रहेको संस्थाले जनाएको छ । हिमाली क्षेत्रमा रहेका वनबाट दियालो दाउरालगायत काठको बचतका लागि वन विनाशमा कमी ल्याउन यो परियोजनाले सोलारसहित धुँवा मुक्त चुल्हो आधुनिक घट्ट समुदायलाई सहयोग गर्ने संस्थाले जनाएको छ । 

गाउँ वस्तीमा समूह गठन गरी समूहका सदस्यलाई सहुलियत मुल्यमा साधन श्रोत वितरण गर्दै आएको संस्थाले जनाएको छ । वैकल्पिक उर्जा प्रावधान केन्द्रको सहयोगमा १२ भोल्टेज २३ एम्पियर क्षमता रहेको सोलारबाट तीनवटा बत्ति बाल्न सकिने सहयोगी संस्थाले बताएका छन् । 

 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया