MENU

अर्थ

ujyaalo forign call inside

रसुवागढी हाइड्रोपावरले फागुन ११ गतेदेखि साधारण शेयर निष्कासन गर्ने

काठमाडौं, माघ २४ –  रसुवागढी र सान्जेन जलविद्युत कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएका छन् । दुई कम्पनीले पहिलो चरणमा सञ्चयकोषका सञ्चयकर्ता र कर्मचारी तथा कम्पनीका संस्थापककालागि साधारण शेयर निष्कासन गर्न लागेका हुन् ।

रसुवागढीले १ करोड ६४ लाख २१ हजार कित्ता र सान्जेनले ८७  लाख ६० हजार कित्ता शेयर निष्कासन गर्ने भएका हुन् । रसुवागढी आयोजनाको लागि कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र संस्थापक संस्थाका कर्मचारीले ५० देखि ५ सय कित्ता तथा सञ्चयकोषका कर्मचारीले ५० कित्ता देखि २५ सय कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

यस्तै माथिल्लो र तल्लो सञ्जेन आयोजनाको लागि सञ्चयकोषका सञ्चयकर्ता र शेयरधनी संस्थाका कर्मचारीले ५० कित्तादेखि ३ सय कित्तासम्म र सञ्चयकोषका कर्मचारीले ५० देखि १ हजार कित्तासम्म शेयर आवेदन दिन सक्ने आयोजनाले जनाएको छ । दोस्रो चरणमा रसुवाबासीका लागि १० प्रतिशत र तेस्रो चरणमा सर्वसाधारणका लागि १५ प्रतिशत शेयर निष्कासन गरिने दुवै कम्पनीले आज पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् ।

चिलिमे जलविद्युत आयोजना र नेपाल विद्युत प्राधिकरणको प्रबद्र्धनमा  १ सय ११ मेघावाटको रसुवागढी, १४ दशमलव ८ मेगावाटको साञ्जेन र ४२ दशमलव ५ मेगावाटको तल्लो साञ्जेन जलविद्युत आयोजना निर्माण भैरहेको छ ।

कर्मचारीले मात्र आईपीओ भर्न पाउने भएकाले प्रमाणिकरणका लागि बैंकमै धाउनु पर्ने अवस्था आएको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सीईओ ध्रुव तिमल्सिनाले बताउनुभयाे ।

सबैजना कर्मचारी भएकाले प्रमाणिकरणका लागि पनि अनलाईनबाट आईपीओका लागि आवेदन दिन नपाउने उनले जानकारी दिए । बैंकमा गएर परिचयपत्र देखाएपछि आस्वा प्रणालीमार्फत आफुले चाहेको सेयर भर्न पाउने उनले स्पष्ट पार्नुभयाे।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया