MENU

खेल

Ncell Axiata

आई–लिगमा मिनर्भा पञ्जाव विजयी, किरण बेन्चमै बसे

माघ २४ – नेपाली गोलकिपर किरण चेम्जोङको टिम भारतको मिनर्भा पञ्जाव आई–लिगको शीर्ष स्थानमा उक्लिएको छ । शिलोङ लाजोङलाई ३–२ गोलले हराउँदै पञ्जाव तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

बुधबारको खेलमा भने गोलकिपर किरण चेम्जोङ मैदान प्रवेश गर्न पाएनन् । बुधबार उनको स्थानमा रक्षित डागरले खेलेका थिए । प्रतिष्पर्धात्मक खेलको छैटौं मिनेटमा गाई डानोले गोल गर्दै पञ्जावलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा गगन दिपले गोल गर्दै पञ्जावलाई २–० को अग्रता दिलाए ।

खेलको ६० औं मिनेटमा डेनियल ओडाफिले गोल गर्दै शिलोङ लाजोङलाई खेलमा फर्काए । त्यसको ४ मिनेटपछि डोले शिलोङका लागि गोल गरेपछि खेल बराबरीमा पुग्यो । ८१ औं मिनेटमा गगन दिपले व्यक्तिगत दोस्रो गोल गर्दा पञ्जावले स्पष्ट तीन अंकले जित्यो । जितसँगै पञ्जाव २९ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया