MENU

राजनीति

ujyaalo forign call inside

प्रदेश नम्बर ७ को राष्ट्रियसभा चुनावमा वाम गठबन्धनका दुई जना विजयी

नवराज पनेरु/उज्यालो ।

धनगढी माघ २४ – प्रदेश नम्वर ७ मा राष्ट्रियसभा चुनावको मत परिणाम सार्वजनिक हुन थालेको छ । २ सिटका लागि भएको मतदानमा दुवै सिटमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । दलित कोटामा नेपाली कांग्रेसका शेरीराम पार्कीलाई पराजीत गर्दै नेकपा एमालेका चक्रप्रसाद स्नेही विजयी हुनुभएको हो । स्नेहीले ३ हजार ७ सय ८ मतभार पाउनुभएको छ । 

अपाङ्ग तथा अल्पसंख्यकको कोटामा नेकपा माओवादी केन्द्रका महेशकुमार महरा विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका छज्ञराज जोशीलाई हराउनु भएको हो । महराले पनि ३ हजार ७ सय ८ नै मतभार प्राप्त गर्नुभयो । राष्ट्रियसभामा एक जना प्रदेश सभा सदस्य बराबर ४८ र एक जना स्थानीय तहका जनप्रतिनिधि बराबर १८ मत गणना गर्ने व्यवस्था रहेको छ । 

२ सय २९ जना मतदातामध्ये कैलालीबाट राजपाका सांसद मालामती राना र कृष्ण चौधरीले राष्ट्रियसभा सदस्य चुनावको मतदानमा सहभागिता जनाएका थिएनन्, बाँकी २ सय २७ जनाले भने रााष्ट्रियसभा सदस्य चुनावमा मतदान गरेका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिनुभयो । 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया