MENU

खेल

ujyaalo forign call inside

​पुलिस बुढासुब्बा गोल्डकपको फाइनलमा

सुनसरी, माघ २४ – संकटा क्लबलाई अतिरिक्त समयमा हराउँदै नेपाल पुलिस क्लब बुढासुब्बा गोल्डपको फाइनलमा प्रवेश गरेको छ ।

धरानमा बुधबार भएको सेमिफाइनलमा बुद्ध लामाको अतिरिक्त समयको गोल निर्णायक बन्दा पुलिसले आहा रारा गोल्डकप पछि लगत्तै अर्को फाइनल खेल्ने भएको हो ।

अघिल्लो साता आहा रारा गोल्डकप जितेको पुलिसले ५५ औं मिनेटमा अग्रता लिएको थियो । रेजिन सुब्बाले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।

तर ६५ औं मिनेटमा प्रकाश बुढाथोकीले संकटाका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याए । नियमित समयमा थप गोल हुन नसक्दा खेलमा १५ मिनेटको अतिरिक्त समय थपिएको थियो ।

अतिरिक्त समयको १० औं मिनेटमा बुद्ध लामाले गोल गर्दै पुलिसलाई फाइनलको यात्रा तय गराए ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस