MENU

राजनीति

Ncell Axiata

​राष्ट्रियसभाका २९ जना सांसदको टुंगो लाग्यो, प्रदेश नम्बर ३, ४, ५ र ६ को परिणाम आउन बाँकी

काठमाडौं, माघ २४ – राष्ट्रियसभाका लागि अहिलेसम्म २९ जना सांसदको टुंगो लागेको छ । निर्विरोध र निर्वाचित गरी प्रदेश नम्बर १, २ र ७ का २४ जनासहित २९ जनाको नाम टुंगो लागिसकेको हो । बुधबार भएको चुनावमा प्रदेश ४ बाट नेकपा माओवादी केन्द्रका खिमबहादुर विक विजयी हुनुभएको छ । उहाँले कांग्रेसका जितबहादुर नेपालीलाई पराजित गर्नुभएको हो ।

यस्तै प्रदेश नम्बर १ का दुवै सिटमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । दलित कोटाबाट एमालेका खेम नेपाली र अपांगता÷अल्पसंख्यक कोटाबाट एमालेकै अगमप्रसाद बान्तवा राई विजयी हुनुभयो । 

राष्ट्रियसभाका ८ सांसदमध्ये प्रदेश १ मा ६ जना यसअघि नै निर्विरोध निर्वाचित भईसकेका छन् । निर्विरोध हुनेमा वाम गठबन्धनका नैनकला ओझा, बिना पोखरेल हरिचरण शिवाकोटी, पर्शुराम मेघी गुरुङ तथा नेपाली कांग्रेसका रमेशजंग रायमाझी र सरिता प्रसाई छन् । 

विजयी उम्मेदवारलाई बिहिवार प्रमाणपत्र प्रदान गरिने निर्वाचन कार्यालयले जनाएको छ । यस्तै प्रदेश नम्बर ७ मा २ जनाका लागि बुधबार भएको चुनाबबाट वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । दलित कोटामा कांग्रेसका शेरीराम पार्कीलाई पराजीत गर्दै नेकपा एमालेका चक्रप्रसाद स्नेही विजयी हुनुभएको छ । यस्तै अपाङ्ग तथा अल्पसंख्यकको कोटामा माओवादी केन्द्रका महेशकुमार महरा विजयी हुनुभएको छ । उहाँले कांग्रेसका यज्ञराज जोशीलाई पराजीत गर्नुभएको हो । त्यहाँ ६ जना यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । 

३२ सदस्यका लागि ५२ जना उम्मेदवार प्रतिष्र्धामा छन् । राष्ट्रियसभामा ५६ जना निर्वाचित हुनुपर्नेमा यसअघि प्रदेश २ बाट सबै ८ जनासहित २४ जना निर्विरोध निर्वाचित भइसकेकाले बुधबार ३२ जनाका लागि चुनाव भएको हो । 

यस्तै प्रदेश १, २ र ७ बाहेक ४ वटा प्रदेशमा राष्ट्रियसभा चुनावको मतगणना अहिले चलिरहेको छ । भोलीसम्ममा सवै प्रदेशको नतिजा आइसक्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

यसैविच प्रदेश नम्बर २ बाट निर्विरोध निर्वाचित भएका आठै जना सदस्यलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले विजयी प्रमाणपत्र दिएको छ । प्रदेश नम्बर २ बाट नेपाली कांग्रेसका जीतेन्द्रनारायण देव र मुक्ताकुमारी यादव, एमालेका सुमनराज प्याकुरेल, राजपाका रमेशप्रसाद यादव र वृषेशचन्द्र लाल, संघीय समाजवादी फोरमकी प्रमिला कुमारी र रामपृत पासवान तथा माओवादी केन्द्रकी  शशीकला दाहाल निर्वाचित हुनुभएको थियो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया