MENU

राजनीति

ujyaalo forign call inside

प्रदेश नम्बर २ बाट विजयी आठ जनालाई प्रमाणपत्र

शैलेन्द्र महतो/उज्यालो ।

धनुषा, माघ २४ – प्रदेश नम्बर २ बाट राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित आठ जनालाई प्रमाणपत्र वितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय जनकपुरले प्रदेश नम्बर २ बाट निर्विरोध निर्वाचित भएका ८ जना राष्ट्रियसभा सदस्यहरुलाई निर्वाचित प्रमाणपत्र वितरण गरेको हो ।  

राष्ट्रियसभा सदस्यमा खुल्लातर्फ एमालेका सुमनराज प्याकुरेल, नेपाली कांग्रेसका जीतेन्द्र देव र राजपाका रमेशप्रसाद यादव निर्वाचित हुनुभएको थियो । त्यसै गरी महिलातर्फ समूहबाट काँग्रेसकी मुक्ताकुमारी यादव, संघीय समाजवादी फोरमकी प्रमिला कुमारी र माओवादी केन्द्रकी  शशीकला दहाल निर्वाचित हुनुभएको थियो ।

त्यसै गरी अल्पसंख्यकतर्फ राजपाका  वृशेषचन्द्र लाल र दलित कोटातर्फ संघीय समाजवादी फोरमका रामपृत पासवान निर्वाचित हुनुभएको थियो । मनोनयन दर्ताको दिन नै खुल्ला बाहेक महिला, दलित र अल्पसंख्यक कोटामा निर्धारण गरिएको सीट अनुसार नै उम्मेदवारी पर्दा ६ जना निर्वाचित भएका थिए ।

खुल्लामा ४ जनाको उम्मेदावरी परेपछि त्यस कोटातर्फ चुनाव गर्नु पर्ने थियो । तर, उम्मेदवारी फिर्ताको दिन संघीय समाजवादी पार्टीका मोहम्मद अख्तर हुसेनले उम्मेदवारी फिर्ता लिएपछि सबै निर्विरोध नै निर्वाचित भएका थिए ।

निर्वाचित राष्ट्रियसभा सदस्यलाई प्रदेश नम्बर दुईका राष्ट्रियसभा निर्वाचन अधिकृत एवं जिल्ला अदालतका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीले निर्वाचित भएको प्रमाणपत्र प्र्रदान गर्नुभएको छ ।   

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया