MENU

राजनीति

Ncell Axiata

तीन नम्बर प्रदेशमा आकांक्षी धेरै भएपछि एमालेले चुनावबाट संसदीय नेता छान्ने

मकवानपुर, माघ २४ – तीन नम्बर प्रदेशको मुख्यमन्त्रीमा धेरै आकांक्षी भएपछि नेकपा एमालेले संसदीय दलको नेताका लागि चुनाव गर्ने भएको छ । एमालेले माघ २६ गते शुक्रबार तीन नम्बर प्रदेशको संसदीय दलको नेताका लागि चुनाव हुने एमालेले जनाएको छ । 

एमालेले प्रदेश नम्बर तीनको संसदीय दलको नेताका लागि चुनाव गर्नेभएपछि एमाले अध्यक्ष केपी ओली निकट उम्मेदवारले जित्ने सम्भावना रहेको एमाले निकट व्यत्तिले जनाएका छन् । तीन नम्बर प्रदेशमा नेकपा एमालेका ५८ जना सांसद रहेका छन् । ५८ जनामा ३६ जना प्रदेश सांसद ओली निकट रहेका छन् भने बाँकी २२ जना  नेता माधवकुमार नेपाल गुटका सांसद रहेका छन् ।

तीन नम्बर प्रदेशमा मुख्यमन्त्रीका आकांक्षीका रुपमा हेरीएका एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पोलिटव्यूरो सदस्य राजेन्द्र पाण्डे र जेष्ठ सांसद डोरमणी पौडेल रहेका छन् । शाक्य र पाण्डे एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका हुन् भने पौडेल ओली पक्षको गुटका नेता हुन् ।

अहिले पाण्डेले गुट परिवर्तन गरी एमाले अध्यक्ष केपी ओली पक्षबाट उम्मेदवारी दिने तयारी गर्नुभएको छ । तर कुरा भने मिलीसकेको छैन । गुट परिवर्तन गरेरै भएपनि पाण्डे मुख्यमन्त्री भएरै छाडने तयारी गर्नुभएको छ । तीन नम्बर प्रदेशको मुख्यमन्त्रीका लागि हुन लागेको एमाले संसदीय नेता चुनावमा जस्ले जित्छ त्यो नै मुख्यमन्त्री हुनेछ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया