MENU

राजनीति

Ncell Axiata

छिट्टै सत्ता हस्तान्तरण गछौं : कांग्रेस प्रवक्ता शर्मा

मोरङ, माघ २४ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले  सबै तहको चुनाव सम्पन्न भइसकेकाले फागुनको दोश्रो साता सम्म नयाँ सरकार बनिसक्ने बताउनुभएको छ । सरकारले सबै तहको चुनाव सम्पन्न गराएकोले अव चाँडै सत्ता हस्तान्तरण प्रक्रिया अघि वढ्ने उहाँले बताउनुभयो ।

नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै उहाँले यस्तो बताउनुभएको हो । प्रवक्ता शर्माले पछिल्लो पटक सरकारले गरेको निर्णयले मुलुकलाई दुरगामी असर नपर्ने बताउनुभयो । जान लागेको र आउने सरकार भनेर कसैले गलत सोच्न नहुने उहाँले बताउनुभयो ।

सरकारले गरेका राम्रा निर्णयलाई नयाँ सरकारले पनि निरन्तरता दिनुपर्ने शर्माको भनाई छ । अर्को प्रसंगमा उहाँले नेपाली कांग्रेस नयाँ ढंगले अगाडि बढन आवश्यक रहेको बताउनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया