MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

​इश्वरनिन्दाको आरोपमा हत्या गर्ने हत्यारालाई मृत्युदण्डको सजाय

माघ २४ – पाकिस्तानको अदालतले एक जना विद्यार्थीलाई इश्वरनिन्दा गरेको आरोपमा हत्या गरेको भन्दै मृत्युदण्डको सजाय सुनाएको छ । अदालतले उक्त विद्यार्थीको हत्यामा संलग्न २५ जनालाई दोषी ठहर गर्दै ४/४ वर्षको जेल सजाय सुनाएको छ भने २६ जनालाई प्रमाण नभएको भन्दै रिहा गरिदिएको छ ।

Pakistani protesters with banners demanding justice for Mashal Khan

मशल खान नाम गरेको ती विद्यार्थीलाई सन् २०१७ को अप्रिलमा उनका आफ्नै सयौं साथिहरुले इश्वरको निन्दा गरेको भन्दै हत्या गरेका थिए । विश्वविद्यालयमा पढ्ने खानलाई उत्तर पश्चिम पाकिस्तानमा हत्या गरिएको थियो । उनलाई उनकै साथिहरुले कोठाबाट तानेर बाहिर निकालेका थिए र निर्मम तरिकाले कुटपीट गरी शरिरलाई क्षतविक्षत पारेका थिए ।

सुरक्षाका कारण उक्त घटनाको मुद्धाकाे फैसला पाकिस्तानको हरिपुर केन्दीय कारागारभित्र भएको थियो । फैसलाका लागि सुरक्षा व्यवस्था कडा पारिएको थियो भने सडक बन्द गरिएको थियो । उक्त स्थान वरिपरी सयौंको सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको थियो ।
इश्वरनिन्दा पाकिस्तानमा सामाजिक र राजनीतिक मुद्धा बन्ने गरेको छ ।

Police outside Haripur jail, Pakistan (7 Feb 2018)

उक्त घटनामा खानका साथि इमरान अलिसहित ५७ जना विरुद्ध मुद्धा चलाइएको थियो । अदालतमा अलिले खानलाई राम्रोसँग चिनेको र उनको हत्या गरेकोमा पश्चाताप गरेका थिए । अदालतले उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय दिएको बीबीसीले जनाएको छ ।
गएको महिनामा खानको हत्यामा सम्लग्न ५८ जना मध्येका एक जनालाई पक्राउ गरेर छुट्टै अनुसन्धान थालिएको छ ।

मशल खानका बुवा इक्बल खानले अझै पनि आफूले न्याय नपाएको बताएका छन् । ‘मैले बुझेकै छैन्, यति धेरै जनालाई किन रिहा गरिएको हो’, खानले भनेका छन्, ‘हत्यामा संम्लग्नको भिडियो र फूटेजमा राम्रोसँग घटना र दोषी देखिएको छ ।’

को थिए मशाल खान ?

२५ वर्षका मशल पाकिस्तानको अब्दुल ख्वाइबर पाख्तुख्वा प्रदेशको वाइ खान विश्वविद्यालय मर्दनमा आम सञ्चार विषयका विद्यार्थी थिए ।

उनले आफूलाई मानतावादी भएको बताउने गरेका थिए । उनले आफ्नो कोठामा चे ग्वेरा र कार्ल मार्क जस्ता राजनीतिज्ञको फोटा राखेका थिए र वाक स्वतन्त्रता जस्तै गरी कोठामा लेखेर रङ्ग्याउने गरेका थिए ।

Pakistani security officials survey the room of student Mashal Khan at Abdul Wali Khan University, where he was killed by a mob of his fellow students for alleged blasphemy in Mardan

उनको हत्या भएको समयका रिपोर्टहरुले उनी इस्लाम विरोधी रहेको र उनको मृत्यु हुनुभन्दा एक दिन अगाडि उनी धर्मको खरो बहसमा उत्रिएको जनाइएको छ । उनी विश्वविद्यालयको नेतृत्वलाई लिएर पनि असन्तुष्ट रहेको जनाइएको छ ।

मशालको हत्या भएको दिन के भएको थियो ?

सन् २०१७ को अप्रिल १३ मा मशलले धर्मको निन्दा गरेको सामाग्री अनलाइनमा राखेको हल्ला फैलाइएको थिायो जुन सामाग्री प्रकाशित गर्दा पाकिस्तानमा मृत्यु दण्डको सजाय हुने जनाइएको छ ।

त्यसपछि सयौं विद्यार्थी र विश्वविद्यालयका केही कर्मचारीहरुले उनलाई खोजी गरेका थिए । उनीहरुले खानको कोठा भत्काएका थिए र उनलाई घिसारेर बाहिर निकालेका थिए ।

मोवाइलबाट खिचिएका भिडियो फूटेजहरुमा उनलाई निर्मम तरिकाले कुटिएको र पछि गोली हानी हत्या गरिएको देखाइएको बीबीसीले जनाइएको छ । त्यो भीडले खानलाई मृत्युपछि पनि कुटिरहेको भिडियोहरुमा देखिएको बीबीसीले जनाएको छ ।

उक्त घटनाको छानबिन गर्दा प्रहरीले खानले इश्वरनिन्दा गरेको कुनै प्रमाण फेला नपरेको जनाएको छ । उनको मृत्यु पहिला नै हत्याको योजना बनाइएको प्रहरीले जनाएको छ ।

अदालतमा बयान दिने केही व्यक्तिहरुले खानले उनको मृत्यु हुनुभन्दा एक हप्ता अगाडि विश्वविद्यालयको व्यवस्थापनबारे आलोचना गरेर विश्वविद्यालय प्रशासनलाई रिस उठाएको बताएका छन् ।

उक्त घटनापछि पाकिस्तानमा खानको परिवारलाई न्याय दिनुपर्ने भन्दै प्रदर्शन भएका थिए । धेरै मानिसहरु सुरक्षाका कारण खानको अन्तेष्टिमा गएका थिएनन् ।

पाकिस्तानमा सन् २०११ मा त्यहाँका राजनीतिक नेता सलमान टेजरलाई इश्वरनिन्दाको आरोपमा उनकै अंगरक्षकले गोली हानी हत्या गरेका थिए । पाकिस्तानमा यस्ता थुप्रै घटना घट्ने गरेका छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया