MENU

खेल

Ncell Axiata

टोटनह्याम एफ ए कपको पाँचौं चरणमा

माघ २५ – तेस्रो डिभिजनको न्यू पोर्ट काउन्टीलाई हराउँदै टोटनह्याम एफ ए कपको पाँचौं चरणमा प्रवेश गरेको छ । चौथो चरणको नियमित खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलाईएको रिप्ले म्याचमा टोटनह्याम २-० ले विजयी भयो ।

२६ औं मिनेटमा ड्यान बट्लरले आत्मघाती गोल गरेपछि टोटनह्यामले अग्रता लिएको थियो । त्यसको ८ मिनेटपछि इरिक लामेलाले गोल गर्दै पहिलो हाफ अघि टोटनह्यामको अग्रता २-० मा लम्ब्याएका थिए । इंग्लिस लिगमा तेस्रो डिभिजनको पनि ११ औं स्थानमा रहेको न्यू पोर्ट काउन्टीले दोस्रो हाफमा कमब्याक गर्न सकेन र हार बेर्होन बाध्य भयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया