MENU

खेल

ujyaalo forign call inside

कोहलीको बिष्फोटक ब्याटिङको मद्दतमा भारतले दक्षिण अफ्रिकालाई १ सय २४ रनले हरायो

माघ २५ – भारत र दक्षिण अफ्रिका बिचको तेस्रो एकदिवसीय क्रिकेटमा पनि भारत विजयी भएको छ । विराट कोहलीको बिष्फोटक ब्याटिङको सहयोगमा भारतले दक्षिण अफ्रिकालाई १ सय २४ रनले पराजित गरेको हो ।

कोहलीले नटआउट रहँदै १ सय ६८ रनको पालि खेलेपछि भारतले पेश गरेको ३ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिका १ सय ७९ रनमा नै अलआउट हुन पुग्यो ।  दक्षिण अफ्रिकाका लागि जेपी डुमिनीले सर्वाधिक ५१ रन बनाए ।

भारतको तर्फबाट स्पीनर युजवेन्द्र चहल र कुलदीप यादवले ४–४ विकेट लिए । फास्ट बलर जसप्रीत बुमराहले पनि दुई विकेट झारे । याे जीतसँगै भारतले ६ खेलको शृंखलामा ३ शून्यकाे अग्रता लिएको छ । शृंखलाको चौँथो खेल १० फेब्रुअरीमा हुनेछ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया