MENU

राजनीति

ujyaalo forign call inside

डोटीका ६ वटा स्थानीय तह निमित्तको भरमा चल्दै

विमल विष्ट/उज्यालो । 

डोटी माघ २५ – डोटीका स्थानीय तहहरु विगत लामो समयदेखि निमित्तका भरमा सञ्चालन हुँदै आएका छन् । स्थानीय सरकारको रूपमा रहेको स्थानीय तहमा कर्मचारीको अभाव भएपछि ति कार्यालयहरु निमित्तको भरमा सञ्चालन हुँदै आएका छन् । डोटीका ९ वटा स्थानीय तह मध्ये  ६ वटा स्थनीय तहले लामो समयदेखि निमित्तकै भरमा आफ्नो कामकारवाही सञ्चालन गर्दै आएको छ । 

डोटीकै पुरानो नगरपालिका दिपायल–सिलगढी नगरपालिकामा गएको भदौदेखि निमित्त कार्यालय प्रमुखकै भरमा सञ्चालन हुँदै आएको छ । तत्कालीन कार्यकारी अधिकृत तुलसीप्रसाद आर्चायको भदौमा सरुवा भएपछि भोजराज शर्माले निमित्त प्रमुखको जिम्मेवारी  पाउनु भएको थियो । डोटीको शिखर नगरपालिकामा पनि कृषि शाखाका कृष्णदत्त पाण्डे निमित्त कार्यकारीको भूमिकामा काम गरिरहनु भएको छ । डोटीको सायल गाउँपालिमामा पनि नायब सुब्बा लालबहादुर बोगटी कार्यकारी प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ । डोटीको पूर्वीचौकी गाउँपालिका प्रमुख पनि निमित्तकै भरमा सञ्चलित छ ।

स्थानीय सरकारका रुपमा परिचित स्थानीय तह नै निमित्त कर्मचारीको भरमा सञ्चालन हुँदा सेवा प्रवाह प्रभाकारी हुन नसकेको सेवाग्राहीको गुनासो छ । सरकारले गाउँपालिकामा शाखा अधिकृतलाई कार्यकारीको भूमिकामा खटाए पनि उनीहरु तोकिएको कार्यालयमा नबस्दा निमित्तको भरमा स्थानीय सरकार चल्न बाध्य भएको जनप्रतिनिधीहरु बताउँछन् । जनप्रतिनिधिको काम नितीगत निर्णय गर्ने र कर्मचारीको काम कार्यान्वयन भए पनि योजनाको प्रभावकारी कार्यान्वय हुन नसकेको पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घ बोगटीले बताउनु भयो  ।

उहाँले भन्नुभयो ,‘दरबन्दी अनुसारका कर्मचारी छैनन्, त्यसमा पनि कार्यकारी कर्मचारी नहुँदा निमित्त कर्मचारीको भरमा दैनिक काम सञ्चालन भैरहेको छ ।’ कार्यकारी र मातहतका कर्मचारी नहुँदा कार्य सम्पादनमा समस्या भएको सायल गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख लालबहादुर बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो ,‘म अहिले निमित्त कार्यकारीको भूमिकामा छु, सायल गाउँपालिकाको वडा नं. ४ र ६ को वडा सचिव पनि म नै हुँ, यत्रो जिम्मेवारी कसरी सम्हाल्न सकिन्छ ?’ बोगटीले थप्नुभयो, ‘कार्यालय समयमा हतार त हुने नै भयो तर, विहान, राती र विदाको दिनमा पनि काम गर्नु पर्ने अवस्था छ ।’  कार्यालय प्रमुख मात्र होइन अन्य विभिन्न पदका जनशक्तिको पनि अभाव रहेको छ । 

गाउँपलिकाका कर्मचारीको दोहरो जिम्मेवारी भएका कारण काममा ढिला हुने गरेको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफ्नो जिम्मेवारीको कामसँगै निमित्त कार्यकारीको पनि जिम्मेवारी सम्हाल्नु पर्दा काममा केही ढिला सुस्ती आउनु स्वभाविक हो, अन्य कर्मचारीहरु पनि दोहोरो जिम्मेवारीमा छन ।’ अनुभवी जनशक्ती नहुँदा योजना कार्यान्वयनमा समस्या आएको बोगटान गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘हाम्रा लागि पनि नयाँ अनुभव भैरहेको छ, कर्मचारीका लागि नयाँ काम भएकाले सिक्दै गर्नु परिरहेको छ । सबै ऐन, कानुन, नियमावली अध्ययन गर्दै जाँदै छौैँ ।’ 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया