MENU

समाज

Ncell Axiata

चितवनमा औद्योगिक शिक्षालय निर्माण गरिने

राधेश्याम खतिवडा, उज्यालो ।

 
चितवन माघ २५ –चितवनमा औद्योगीक शिक्षालय निर्माण गरिने भएको छ । चितवन उद्योग संघले आफ्नै प्रयासमा उद्यमी र उद्योग क्षेत्रको प्राविधिक उत्पादन गर्न औद्योगिक शिक्षालय स्थपना गर्न लागेको चितवन उद्योग संघका अध्यक्ष भेषराज दवाडीले बताउनुभयो । 
 
भरतपुर महानगरपालिका वडा नम्वर २९ जुगेडीमा संघकै नाममा रहेको ५ विघा क्षेत्रफलमा शिक्षालय स्थापना गर्ने योजना रहेको बताउँदै दवाडीले  नेपालमा उद्योग क्षेत्रमा काम गर्ने दक्ष प्राविधिकको मागलाई परिपूर्ति गर्न शिक्षालय निर्माण कार्य अघि बढाएको बताउनुभयो । 
 
संघको तीन वटा महत्वपूर्ण योजना मध्ये शिक्षालय निर्माणको कामलाई पनि प्राथमिकतामा राखेका छौँ, अध्यक्ष दवाडीले भन्नुभयो, ‘भरतपुरमा अन्तर्राष्ट्रिय स्तरका औद्योगिक प्रदर्शनी केन्द्र बनायौँ, शक्ति खोरमा औद्योगिक क्षेत्र स्थापना हुने निश्चित भयो, कविलासमा औद्योगिक शिक्षालय बनाउँदै छौँ ।’
 
शिक्षालयका लागि प्रारम्भिक काम सुरु भइसकेको छ । उहाँले भन्नुभयो, ‘पहिलो चरणमा ५० जना विद्यार्थीका लागि आवाससहितको तालिम केन्द्र बनाउँछौँ ।’ औद्योगिक क्षेत्रमा लगानी गर्ने उद्यमीलाई सीपमुलक प्रशिक्षण दिने र औद्योगिक प्राविधिकका लागि प्रयोगात्मक अध्ययन गर्ने व्यवस्था शिक्षालयमा रहने अध्यक्ष दवाडीले बताउनुभयो । 
 
चार चरणमा शिक्षालयको निर्माण सम्पन्न हुनेछ । पहिलो चरणमा ५० जना दक्ष प्राविधिक उत्पादन गर्ने संरचना तयार हुने त्यस पछि क्षमता बढाउँदै लैजाने तयारीमा उद्योग संघ लागेको छ । अध्यक्ष दवाडीले भन्नुभयो ‘भविष्यमा औद्योगिक विषय अध्ययनको लागि देशकै नमूना शिक्षालय बनाउने योजना बनाएका छौँ ।’   
 
औद्योगिक शिक्षालय ठूलो योजना भएकोले पूर्ण सम्पन्न हुन समय लाग्ने भए पनि यो शिक्षालय देशकै नमूना बन्ने दवाडीले बताउनुभयो । चितवनको शक्ति खोरमा बन्न लागेको औधोगिक क्षेत्रको लागि आवश्यक पर्ने जनशक्ति यही प्राविधिक शिक्षालयले पुरा गर्ने गरी काम अगाडि बढाइने उहाँले बताउनुभयो ।
 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया