MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

​के हो ३० वर्षअघि मालदिभ्समा भारतीय सेनाले गरेको ‘क्याक्टस अपरेसन’ ?

माघ २५ – सन् १९८८ नोभेम्बर ३ तारिख । मालदिभ्सका राष्ट्रपति मौमू्न अब्दुल गैयूम भारत यात्रामा आउन लागेका थिए । उनलाई ल्याउनका लागि एउटा भारतीय विमान दिल्लीबाट उडिसकेको थियो । विमान आधा बाटोमा हुँदा नै भारतका प्रधानमन्त्री राजीव गान्धी अचानक दिल्लीबाट बाहिर जानुपर्ने भयो ।

राजीव गान्धीले गैयूमलाई फोन गरेर पछि भारत  आउन सल्लाह दिए । तर गैयूमको विरुद्ध विद्रोह गर्ने योजना बनाएका मालदिभ्सका व्यापारी अब्दुला लुथूफी र उनका साथी अहमद इस्माइल मनिकले विद्रोह स्थगित नगर्ने बताए । 

उनीहरुले राष्ट्रपति गैयूम मालेमा भएको मौका पारेर विद्रोह गर्ने योजना बनाए । उनीहरुले श्रीलंकाली चरमपन्थी समूह लिट्टेका भाडाका लडाकु पर्यकटकको भेषमा स्पीड बोटको माध्यमबाट माले लगिसकेका थिए । 

त्यस समय मालदिभ्समा भारतका उच्च आयुक्त थिए एके बनर्जी । गैयूमको पूर्वनिर्धारित भारत भ्रमणको सिलसिलामा उनी दिल्ली आइसकेका थिए । 

भारतलाई सैनिक पठाउन आग्रह

एके बनर्जी सम्झन्छन्, ‘म दिल्लीमा आफ्नै घरमा कम्बलले च्यापिएर गहिरो निद्रामा थिएँ । बिहानै ६ बजे मेरो फोनको घण्टी बज्यो ।’
बनर्जी अगाडि भन्छन्, ‘मालेमा रहेका मेरा सचिवले बताएकी त्यहाँ त विद्रोह भैसकेको छ । सडकमा मानिसहरु गोली चलाउँदै घुमिरहेका छन् । राष्ट्रपति गैयूम एउटा सुरक्षित घरमा लुकेर बसेका छन् ।उनले भारतसँग अपील गरेका छन् कि उसले तुरुन्त आफ्नो सेना पठाओस् ।’

उता विदेश मन्त्रालयमा संयुक्त सचिव रहेका कुलदीप सहदेवलाई पनि मालेको भारतीय उच्च आयोगबाट फोन आयो । उनले तुरुन्त यो सूचना प्रधानमन्त्री कार्यालयका संयुक्त सचिव रोनेन सेनकोमा पुर्याए । उनले साउथ ब्लकमा आर्मी अपरेसन रुममा हुने उच्चस्तरीय बैठक बोलाए । जसमा कलकत्ताबाट फर्कँदै गरेका प्रधानमन्त्री राजीव गान्धी पनि सहभागी हुँदै थिए । 

मिसन ओभरसिजः डेयरिङ अपरेसन बाइ द इन्डियन मिलिट्री

इन्डियन एक्सप्रेसका सहसम्पादक सुशान्त सिंह आफ्नो पुस्तक मिसन ओभरसिजः डेयरिङ अपरेसन बाइ द इन्डियन मिलिट्रीमा लेख्छन्, ‘राजीव गान्धी रोनेन सेन तथा कुलदीप सहदेवका साथ मिलिट्री अपरेसन रुममा पसे । गृह उपमन्त्री पी चिदम्बरमले त्यहाँ नेसनल सेक्युरिटी गार्ड्स पठाउने योजना सुनाए । तर सेनाले त्यसलाई अस्वीकार गर्यो ।’

उनी अगाडि लेख्छन्, ‘र प्रमुख आनन्द स्वरुप वर्माले आफूलाई मालेको हुलहुले विमानस्थल सयौं विद्रोहीले कब्जा गरेको सूचना प्राप्त भएको बताए । रोनेन सेनले उनलाई चुप रहन भने । वास्तवमा घटना अर्कै थियो जसको सही सूचना सेनसँग थियो ।’  

किन टेलिफोन क्रेडिलमा राखिएन ?

सुशान्त सिंह लेख्छन्, ‘मालदिभ्सका विदेश सचिव जकीले ७ आरसीआरमा सीधै फोन गरेका थिए । जसलाई सेन आफैले उठाएका थिए । जकीले विद्रोहीले आफ्नो घर अगाडि रहेको टेलिफोन एक्सचेन्ज विद्रोहीले कब्जा गरेको बताए । सेनले उनलाई टेलिफोन नराख्न आग्रह गरे । किनकी टेलिफोन एक्सचेन्जको स्विच बोर्डको लाइट निभ्छ अनि विद्रोहीले कसैले फेनमा कुरा गरिरहेको थाहा पाउँछ । यो टेलिफोन १८ घण्टासम्म क्रेडिलमा राखिएन ।’ 

मालदिभ्सको नामसमेत सुनेका थिएनन् ब्रिगेडियरले

उनलाई सुरक्षित अवतरण गर्नका लागि १२ फुटबल मैदान बराबरको क्षेत्रफल चाहिन्थ्यो । त्यो मालेमा सम्भव थिएन । प्यारासुटबाट सैनिकललाई अवतरण गराउँदा समुद्रको पानीको तेज बहावमा पर्ने सम्भावना पनि थियो । 

बैठकमा बसेका व्यक्तिलाई हुलहुले हवाई अड्डाको लम्बाई पनि थाहा थिएन । भलै त्यो एक भारतीय कम्पनीले नै बनाएको थियो । राजीव गान्धीले रोनेन सेनलाई मालेमा निरन्तर उडान भरिरहेका इन्डियन एयरलाइन्सका पाइलटलाई सम्पर्क गर्न भने । 

जब बैठक सकियो सेनाका उप सेनाध्यक्ष लेफ्टिनेन्ट जनरल रोड्रिग्सले बिग्रेडियर फारुक बुल बलसारालाई फोन गर्दै प्याराट्रूप्सलाई तयारी अवस्थामा रहन निर्देशन दिए । बलसाराले यसभन्दा अघि मालदिभ्सको नाम पनि सुनेका थिएनन् । उनका इन्टेलिजेन्स अफिसरले लाइब्रेरीबाट एउटा एटलस उठाए । जसबाट उनीहरुलाई थाहा भयो मालदिभ्स १२ सय दुवीपहरुको एउटा समूह हो जुन भारतको सुदूर दक्षिणी किनाराबाट ७ सय किलोमिटर दक्षिण पश्चिममा पर्छ । 

पर्याप्त थिएन भारतीय सेनाको तयारी 

बुलसाराले आफ्ना दुई अफिसरलाई आगराको पर्यटक केन्द्रमा गएर मालदिभ्सका बारेमा जति सकिन्छ जानकारी बटुल्न निर्देशन दिएका थिए । यसैबीचमा बिग्रडियर वीपी मलिक जो पछि सेनाध्यक्ष पनि भए, उनले मालदिभ्सका लागि भारतका उच्च आयुक्त एके बनर्जीलाई सेनाको एउटा विमानमा राखेर आगरा पुगे । 

एके बनर्जी भन्छन्, ‘जब म अपरेसन रुममा पुगे कुर्सीमा हुलहुले विमानस्थलको सट्टामा गान विमानस्थलको नक्सा फैलाइएको थियो । जुन मालेबाट ३ सय किलोमिटर पर थियो । त्यो नक्सा देखेर म चिच्याएँ, यो त गलत नक्सा हो । यसबाट पनि थाहा हुन्छ कि यत्रो ठूलो मिसनको लागि भारतीय सेनाको तयारी पर्याप्त थिएन ।’

सुशान्त सिंह भन्छन्, ‘बुलसाराको  योजना यो थियो कि हुलहुले विमानस्थल कब्जा नभएको भए विमान त्यहीँ उतार्ने । यदि यस्तो भएन भने सैनिकलाई प्यारासुटमार्फत अवतरण गराउने । यदि यस्तो भयो भने उनले आफ्ना सैनिकसँग सबैभन्दा पहिले तल उत्रने बताएका थिए । बिग्रेडियर मलिकले यस विषयमा सबै जानकारी भएकाले हामीले उच्च आयुक्त बनर्जीलाई पनि सँगै लैजानुपर्छ भने ।’

बनर्जीले मालदिभ्स जानका लागि दुईटा शर्त राखे

बनर्जी मालदिभ्स जानका लागि तयार थिएनन्, ‘मैले मालदिभ्स जानका लागि दुइटा शर्त राखेँ । पहिलो विदेश मन्त्रालयको स्वीकृती, दोस्रो मलाई सेफ्टी रेजर उपलब्ध गराइयोस् । किनकी म आफ्नौ दैनिकी दाह्री नबनाइकन गर्न सक्दिनथेँ । पहिलो शर्त त पूरा भयो तर दोस्रो शर्त पूरा गर्नका लागि रातिसम्म कुर्नुपर्यो । आर्मीको क्यान्टिनबाट मेरा लागि शेभिङ किट उपलब्ध गराइयो ।’

यो पहिलो पटक थियो एउटा ठूलो सैनिक अभियानमा विदेश मन्त्रालयका उच्च अधिकारी सहभागी भएको । जब छाताधारी सैनिकले भरिएको विमान आगराको खेरिया विमानस्थलको रनवेमा दौडन सुरु गर्यो, विमानमा रहेका ६ प्याराका सैनिकले नारा लगाए, ‘छतरी माताको जय।’

भारतीय सैन्य अभियानका बारेमा बीबीसीको ब्रेकिङ

त्यस विमानमा सवार लेफ्टिनेन्ट जनरल विनोद भाटिया भन्छन्, ‘जब हामी भारतीय सीमा पार गरेका थियौं, ब्रिटिस एयरवेजको एउटा जहाजले हामीलाई देखेको थियो । त्यसैले हामीले उनीहरुलाई हामी कहाँ जादैँछौं भन्ने बारेमा जानकारी दिनुपर्यो । सायद यही कारण नै थियो कि बीबीसीले आफ्नो सात बजेको बुलेटिनमा मालदिभ्सका राष्ट्रपतिलाई बचाउनका लागि भारतीय सेना अभियान सुरु गर्‍यो भनेर प्रसारण गरेको थियो  ।’

जब भारतीय विमानले अवतरण गर्यो विमानस्थलमा अँधेरो छाएको थियो । जब आइएल ७६ को विमान रोकियो । क्षणभरमै १५० भारतीय सैनिक र कैयौं जीप बाहिर आए । केही समयपछि दोस्रो विमान पनि अवतरण भयो । त्यसलाई आनन फाननमा एटीसी, जेटी तथा हवाए अड्डाको दक्षिणी र उत्तरी किनारमा नियन्त्रण गरियो । 

एटीसीबाट नै बिग्रडियर बुलसाराले राष्ट्रपति गैयूमको गोप्य स्थानमा रेडियो सम्पर्क स्थापित गरे । 

‘मिस्टर प्रेजिडेन्ट हामी आइसक्यौँ’

सुशान्त सिंह भन्छन्, ‘गैयूमले बुलसारालाई जति सक्दो छिटो पुग्न आग्रह गरे किनकी उनको सेफ हाउसलाई विद्रोहीले घेरिराखेका थिए । नजिकै फायरिङको आवाज आएको थियो । बुलसाराले भने, ‘मिस्टर प्रेजिडेन्ट हामी आइसक्यौँ । तपाईँलाई सुरक्षित निकाल्न हामी भरपूर प्रयास गरिरहेका छौँ ।’

जब भारतीय सेना जब सेफ हाउसको नजिक पुग्यो, त्यहाँ भिषण गोलीबारी भइरहेको थियो । बुलसाराले राष्ट्रपति गैयूमलाई सेफ हाउसको बाहिर गाइड राख्न आग्रह गरे ताकि उनलाई राष्ट्रपतिसम्म पुग्न सजिलो होस् । तर मालदिभ्सको नेसलन सेक्युरिटी सर्भिसका लेफ्टिेन्टसम्म गैयुमको सन्देश पुग्न सकेन । 

गैयूमको सुरक्षा बलले भारतीय सेनालाई अगाडि बढ्न दिएन । बुलसारा गोली चलाउन आदेश दिने तयारीमा थिए । उनका गार्डले भारतीय सेनालाई अगाडि बढ्न दिए । जब भारतीय सैनिक राष्ट्रपति गैयूमसम्म पुगेका थिए, बिहानको दुई बजेर दश मिनेट गएको थियो । राष्ट्रपतिलाई हुलहुले विमानस्थलमा हिँड्न आग्रह गर्दा उनले मानेनन् । उनलाई नेसनल सेक्युरिटी सर्भिसको मुख्यालय जान जोड दिइयो । 

गैयूमले ४ बजे बिहान राजीव गान्धीसँग कुरा गरे

३ बजेर १५ मिनेटमा बुलसारा र एके बनर्जी एनएसएसको मुख्यालय पुगे, त्यति बेला भवनको चारैतर्फ विद्रोहीको शव फैलिएको थियो । भवनमा सयौं गोलीका दाग स्पष्टै देखिन्थ्यो । 

बनर्जी सम्झन्छन्, ‘गैयूम डराएका देखिन्थे तर उनी पूरै नियन्मा थिए र हामीलाई देखेर उनी निकै खुशी भए । उनले हामीलाई धन्यवाद दिए र राजीव गान्धीसँग कुरा गर्न चाहेको बताए ।’

बिहानको ४ बजे सेटेलाइट फोनमार्फत राजीव गान्धीसँग सम्पर्क स्थापित भयो । 

रोनेन सेनलाई अहिले पनि सम्झना छ कि राजीव गान्धी त्यस समय आफ्नो कम्प्युटरको अगाडि बसिरहेका थिए । उनले एक हातले टाइप गर्दै, जुन उनी सधैँ गर्थे, राष्ट्रपति गैयुमसँग कुराकानी गरिरहेका थिए । 

जब रोनेन सेन राजीवको कार्यालयबाट निस्कन खोजे राजीवले आफ्नो तर्फबाट अभियान सफल भएकोमा रक्षा मन्त्रीलाई बधाई दिन आग्रह गरे । फेरि गान्धी मुस्कुराउँदै भने, ‘भयो यतिबेला उहाँ सुतिरहेको हुनुहोला ।’

–बीबीसी हिन्दीमा रेहान फजलले तयार पारेको सामग्रीको अनुदित अंश
   

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया