MENU

राजनीति

Ncell Axiata

कांग्रेस अब नयाँ ढङ्गबाट अघि बढ्दैछ : प्रवक्ता शर्मा

झापा, माघ २५ – नेपाली कंग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस नयाँ ढङ्गबाट अघि बढ्ने बताउनुभएको छ ।

प्रेस युनियन झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले स्थानीय चुनावमा पार्टीले बेहोरेको हारलाई गम्भीर ढंगले लिएको बताउँदै पार्टीभित्रका कमीकमजोरी हटाउँदै कांग्रेस नयाँ ढंगबाट अगाडि बढ्ने बताउनु हो ।

‘जो बदलिन्छन्, तिनले नेतृत्व लिन्छन्’ शर्माले भन्नुभयो, ‘जो बदलिदैनन्, तिनले बिश्राम लिन्छन् ।’ कांग्रेस भित्र रुपान्तरण सुरु भइसकेको बताउँदै शर्माले देश विकासका लागि समग्र राजनीतिकै रुपान्तरण आवस्यक रहेको बताउनुभयो ।

नयाँ सरकार आउनका लागि प्रधानमन्त्री देउवाले किन राजीनामा नदिएको भन्ने  पत्रकारको प्रश्नमा प्रवक्ता शर्माले अब बन्ने नयाँ सरकारकका लागि वर्तमान प्रधानमन्त्रीले राजीनामा दिइरहनु नपर्ने र चुनावका सम्पूर्ण परिणाम आइसकेपछि स्वतः नयाँ प्रधानमन्त्रीको बाटो खुल्ला भइसकेको जवाफ दिनुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया