MENU

खेल

ujyaalo forign call inside

नेपालको बलिङसामु नामिबिया दबावमा, ४ विकेट झर्‍याे

माघ २५ - आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले अहिले पहिलो खेलमा नामिबिया विरुद्ध खेलिरहेको छ । जसमा नेपाललाई पहिलो सफलता हात पारेको छ ।

नामिबियाको विन्डहक एफिज पार्क मैदानमा नेपालले टस जितेर फिल्डिङको निर्णय गरेको नेपालले नामिबियाको ३ रन हुँदा पहिलो विकेट लिन सफल भयो । त्यसपछि नामिबियाको २३ रन हुदा नेपालले दोस्रो सफलता हात पार्यो । 

नामिबियाका स्टेफेन बार्ड १८ रनमा पेभेलियन फर्किए । नेपालका लागि दुबै विकेट सोमपाल कामीले लिए ।  त्यसपछि नामिबियाको स्कोर ७५ रन हुँदा नेपालले तेस्रो सफलता हात पार्यो । नामिबियाका जीन पियरे कोट्जीलाई ब्यक्तिगत नौ रनमा बसन्त रेग्मीले आउट गरे । 

त्यसको लगत्तै राम्रो लयमा देखिएका क्रेग विलियम्सलाई सन्दिपले एलबीडब्लु धरापमा पारे । उनले ४१ रन बनाए ।

नेपाली राष्ट्रिय क्रिकेट टिममा पहिलो पटक स्थान बनाएका रोहितकुमार पौडेलले बिहीबारकाे खेलबाट राष्ट्रिय टिममा डेब्यु गर्दैछन । नेपालका लागि भारतीय ब्याटिङ कन्सल्ट्यान्ट सुलक्षण कुलकर्णीले रोहितलाई डेब्यू क्याप हस्तान्तरण गरेका हुन् । याे खेलमा शक्ति गौचनलाई आराम दिइएको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया