MENU

राजनीति

Ncell Axiata

बानियाँलाई बनायो कांग्रेसले संसदीय दलको नेता

मकवानपुर, माघ २५ – नेपाली कांग्रेस तीन नम्बर प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ चयन हुनुभएको छ । काठमाडौंमा बिहीबार बसेको बैठकले बानियाँलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो ।

संसदीय दलको नेता चयन भएपछि प्रतिक्रिया दिदै बानियाँले नेपाली कांग्रेसलाई ३ नम्बर प्रदेशमा सशक्त पार्टीको रुपमा प्रदेशसभामा प्रस्तुत गर्ने बताउनुभयो । बानियाँसँगै पूर्व केन्द्रीय सदस्यसमेत रहेका प्रदेशसभा सदस्य डा. राजाराम कार्कीसहित ५ जनाले संसदीय दलको नेतामा आकांक्षा राखेका थिए ।

प्रमुख प्रतिपक्ष दलको रुपमा रहने कांग्रेसको संसदीय दलको नेता चयन भएका बानियाँ पूर्व गृहराज्य मन्त्री, पूर्व संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री एवं नेपाली कांग्रेस मकवानपुरका सभापति हुनुहुन्छ । उहाँ मकवानपुर क्षेत्र नम्बर २ अन्तरगत प्रदेश ख बाट विजयी हुनुभएको थियो ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया