MENU

खेल

ujyaalo forign call inside

डिभिजन २ : नेपाली बलर हाबी, नामिबियाको छैटौँ विकेट गयो

माघ २५ - आर्इसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले अहिले पहिलो खेलमा  नामिबिया विरुद्ध खेलिरहेको छ । जसमा नेपालले छैटौं सफलता हात पारेको छ ।

नामिबियाको विन्डहक स्थित एफिज पार्क मैदानमा नेपालले टस जितेर फिल्डिङको निर्णय गरेको नेपालले नामिबियाको ३ रन हुँदा पहिलो विकेट लिन सफल भयो ।

त्यसपछि  नामिबियाको २३ रन हुदा नेपालले दोस्रो सफलता पायो । नामिबियाका स्टेफेन बार्ड १८ रनमा पेभेलियन फर्किए । नेपालका लागि पहिलो दुर्इ विकेट सोमपाल कामीले लिएका थिए ।

नामिवियाले ७५ रन हुँदा तेस्रो विकेट गुमायो । बसन्त रेग्मीले जिम पियरे कोट्जीलाई ब्यक्तिगत  ९ रनमा आउट गरे ।

त्यसको लगत्तै राम्रो लयमा देखिएका क्रेग विलियम्सलाई सन्दिपले एलबीडब्लु धरापमा पारे । उनले ४१ रन बनाए ।

 नामिबियाको स्कोर ८० रन हुदा नेपालले पाँचौ विकेट लिन सफल भयो । कप्तान पारस खड्काले ग्यारेथ इरामुसलाई खाता खोल्न नदिँदै आउट गरे ।

नामिबियाका कप्तान बर्गर डक आउट भएपछि नेपालले छैटौं विकेट हात पारेको थियो । यो विकेट पनि सन्दीप लामिछानेले नै लिएका थिए ।

नेपाली राष्ट्रिय क्रिकेट टिममा पहिलो पटक स्थान बनाएका रोहितकुमार पौडेलले विहीबारको खेलबाट राष्ट्रिय टिममा डेब्यु गर्दैछन ।

नेपालका लागि भारतीय ब्याटिङ कन्सल्ट्यान्ट सुलक्षण कुलकर्णीले रोहितलाई डेब्यु क्याप हस्तान्तरण गरेका हुन । विहीबारको खेलमा शक्ति गौचनलाई आराम दिइएको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया