MENU

अर्थ

Ncell Axiata

लगातार घटिरहेको शेयर बजारमा सुधार

काठमाडौं, माघ २५ – बिहीबार शेयरबजार परिसूचक नेप्से बढेको छ ।

केही दिनदेखि लगातार घटिरहेको नेप्से कारोबार हुने हप्ताको अन्तिम दिन ९ अंकले बढेर १३ सय ९१ विन्दुमा पुगेको हो ।

वाणिज्य र वित्त बाहेकका सबै समूह बढेको दिन बिहीबार सवैभन्दा धेरै विमा समूह झण्डै ७३ अंकले बढेको छ । यस्तै जलविद्युत समूह १७, होटल १३ दशमलव ४३, बैकिङ समूह ६ दशमलव ३१ र अन्य समूह झण्डै ८ अंकले बढेको छ ।

बिहीबार २६ करोड ९१ लाखभन्दा बढीको शेयर किनबेच भएको दिन बिहीबार सवैभन्दा धेरै नेपाल बैकको शेयर २ करोड ४१ लाखभन्दा बढीको किनबेच भएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ ।

बिहीबार सूर्योदय लघुवित्त कम्पनीका लगानीकर्ताले झण्डै १० प्रतिशत कमाएका छन् भने आरएसडिसि लघुवित्तका लगानीकर्ताले झण्डै १० प्रतिशत नै गुमाएका छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया