MENU

खेल

Ncell Axiata

​नामिबियाविरुद्ध ४ विकेट लिएका सन्दीपलाई दिल्लीको बधाई !

माघ, २५ – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नामिबियालाई सस्तैमा आउट गर्न उत्कृष्ट बलिङ गरेका सन्दिपलाई इन्डियन प्रिमियर लिग आइपिएल टिम दिल्ली डेयर डेभिल्सले बधाई दिएको छ ।

नामिबियाविरुद्ध ४ विकेट लिएका सन्दिपका बारेमा आइपिएल टिम दिल्लीले आफनो ट्विटरमा उत्कृष्ट बलिङ गरेको भन्दै बधाई दिएको हो । 

केही साता अगाडि भएको आईपिएलको अक्सनमा सन्दिपलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा टिममा अनुबन्ध गरेको थियो ।  नामिबियाको पारिलाई ध्वस्त बनाउन सन्दिपले ८.२ ओभर बलिङ गरेर २ ओभर मेडेन राख्दै १६ रन खर्चेर ४ विकेट लिएका थियो ।

सन्दीप लामिछाने आईपिएलमा अनुबन्ध भएपछि सबैको ध्यान उनको प्रदर्शनमा रहेको छ । त्यसमा पनि सन्दिपले आईपिएल खेल्न पाउँछन कि पाउँदैनन् भनेर सबैमा कौतुहलता जागेको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया