MENU

समाज

ujyaalo forign call inside

​‘यसलाई यहाँबाट निकाल’ भन्दै जिप्रकाका अधिकृतले सेवाग्राहीलाई बाहिर निकाले

शैलेन्द्र महतो/उज्यालो ।

महोत्तरी, माघ २५ – जिल्ला प्रशासन कार्यालय महोत्तरीमा नागरिकता निकाल्न सहयोगी बनेर गएका एक सर्वसाधारणलाई जिल्ला प्रशासन कार्यालयले नियन्त्रणमा लिएको आरोप लगाएका छन् ।

भंगहा नगरपालिका –९, हरिनमरि बस्ने २५ वर्षका राजकिशोर सदा मुसहरले बिहीबार नागरिकता बनाउन आफ्ना छिमेकी नवीन यादवलाई सहयोगीका रुपमा लैजानु भएको थियो ।

सानै उमेरमा बुवा सत्तो मुसहरको निधन भएको कारण नागरिकता निकाल्न कुनै सुझबुझ नभएकाले  सहयोगको लागि छिमेकी नवीन यादवलाई लिएर आमा सत्तोदेवी मुसहरसहित जिल्ला प्रशासनमा पुगेको राजकिशोरले बताउनुभयो ।

तर त्यहाँ नागरिकता फाँटमा पुग्नासाथ नागरिकताको प्रक्रियाको विषयमा बुझ्न खोज्दा सहायोगी नवीन यादवलाई जिल्ला प्रशासन कार्यालय महोत्तरीका अधिकृत शम्भुप्रसाद यादवको निर्देशनमा प्रहरीले १० मिनेट नियन्त्रणमा लिएको राजकिशोरको दुखेसो छ ।

सहयोगी नवीन यादवका अनुसार आफू प्रहरीको नियन्त्रणमा हुँदा १९ वर्षका छोरा जितेन्द्रकुमार यादवको नागरिकता बनाउन पुग्नु भएकी भंगहा नगरपालिका –२, सिंगियाहीकी सरस्वती देवीले छोराको नागरिकता बनाउन उमेर नपुगेको बहानाबाजी गर्दै ३ हजार घुस मागिरहेको गुनासो गर्नुभयो । सरस्वती देवीले नवीनलाई घुस मागेको सुनाएपछि अधिकृत यादवले यसलाई ‘यहाँबाट निकाल’ भन्दै बाहिर निकालेको बताउनुभयो ।

नवीनले भन्नुभयो ‘जिल्ला प्रशासन कार्यालय महोत्तरीमा सर्वसाधारणलाई निकै सास्ती भोग्नु पर्छ’ उहाँले भन्नुभयो ‘२५ वर्षमा पनि नागरिकता नपाएका सोझा छिमेकीलाई सहयोग गर्न आउँदा आफैँ १० मिनेट प्रहरी नियन्त्रणमा बस्नु पर्यो ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीमा सर्वसाधारणसँग कर्मचारीहरुले नराम्रो व्यवहार र दादागिरी शैलीमा काम गर्ने गरेको उहाँको गुनासो छ । अधिकृत यादवले भने बिहीबार कार्यालयमा कुनै घटना नै नभएको दावी गर्दै पन्छिनुभयो ।  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया