MENU

खेल

Ncell Axiata

​धुर्मुस–सुन्तलीले गरे सिमरा गोल्डकपको उद्घाटन, पहिलो खेलमा आयोजक विजयी

बारा, माघ २५ – बाराको सिमरा रङ्गशालामा बिहीबारदेखि रुस्लान नवौं सिमरा गोल्डकप प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन बिहीबार एक कार्यक्रमका बीच धुर्मुस सुन्तलीले गरेका थिए ।

बिहीबार भएको पहिलो खेलमा आयोजक नव–जनजागृती यूवा क्लब सिमरा सेतोले हेटौंडाको विजय युथ क्लबलाई एकका विरुद्ध तीन गोलले पराजित गरेको छ । सिमराका लागि विशान गुरुङ, त्रिदेव गुरुङ र धिरज श्रेष्ठले गोल गरेका हुन् ।

हेटौंडाका लागि अमिर श्रेष्ठले सान्त्वना गोल गरे । बिहीबारको खेलको ‘म्याद अफ् दी म्याच’ सिमराका त्रिदेव गुरुङ घोषित भएका छन् । भोलिको खेल सशस्त्र प्रहरीको एपिएफ र सिमरा निलोबीच हुने आयोजक क्लबका अध्यक्ष कासिम मियाले बताउनुभयो ।

प्रतियोगितामा साविक विजेता सिएमजी क्लब संकटा, रुस्लान थ्री स्टार क्लब, त्रिभूवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, मोरङ फुटबल क्लब विराटनगर, वीरगञ्ज युनइटेड क्लब वीरगञ्ज, सुदूरपश्चिम ११ स्पोर्टस क्लब धनगढी, विजय युथ क्लब धनगढीसहित आयोजक नवजनजागृती यूवा क्लबको एनजेजेवाइसी, ‘सेतो’ र एनजेजेवाइसी ‘निलो’ गरी १० टिमको सहभागिता रहने छ ।

आगामी फागुन ५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५ लाख ५१ हजार र उप–विजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल तथा विभिन्न ७ विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै प्रत्येक खेलको म्यान अफ दी म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न कुल ७५ लाख ९८ हजार रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया