MENU

खेल

ujyaalo forign call inside

शरद भेषावकर पनि बाहिरिए, नेपाललाई जितका लागि ३६ रन आवश्यक

माघ २५ –आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालको पारी कमजोर बनेको छ ।

आशा गरिएका शरद भेषावकर आउट भएपछि नेपालको पारी धरापमा परेको हो । शरद र रोहित पौडेलले नेपालको पारी सम्हाल्दै ३७ रनको साझेदारी गरेपछि शरद थाङेनी लुगामेनीको बलमा क्रेग विलियम्सबाट क्याच आउट भए ।

टिकेर खेलेका रोहित पाैडेल पनि १७ रनमा अाउट भएपछि नेपाल गर या मरकाे स्थितिमा पुगेको छ ।

त्यसअघि उनले ६७ बल खेल्दै २९ रन बनाए । उनले दुईवटा चौका पनि प्रहार गरेका थिए ।

भेषावकर आउट भएपछि उनको स्थानमा सोमपाल कामी आएका थिए ।  रोहितकाे  स्थानमा अाएका वसन्त रेग्मीले साेमपाललाई साथ दिइरहेका छन् ।

ताजा अवस्थामा नेपाललाई जितका लागि ९ ओभरमा ३६ रनको आवश्यक रहेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया