MENU

राजनीति

Ncell Axiata

​कांग्रेसको आकस्मिक बैठक भोलि बस्दै

काठमाडौं, माघ २५ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ ।

बिहान ९ बजेका लागि प्रधानमन्त्री निवास, बालुवाटारमा बैठक बोलाइएको र बैठकमा प्रदेशसभा गठन र सञ्चालनसम्बन्धि विधान पारित हुने कांग्रेसले जनाएको छ ।

बैठकमा नेता डाक्टर मिनेन्द्र रिजालले विधानको मस्यौदा प्रस्तुत गर्ने र त्यसमा छलफल गरी पारित गर्ने तयारी रहेको कांग्रेस नेताहरुले बताएका छन् ।

यस्तै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको राजिनामा, नयाँ सरकार गठन, प्रतिनिधिसभाका समानुपातिकतर्फबाट चुनिने सांसदहरुको नाम टुंगो लगाउने विषयमा पनि छलफल हुने बताइएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया