MENU

खेल

ujyaalo forign call inside

​नेपाललाई जिताउने जिम्मा सोमपाल र वसन्तको काँधमा

माघ २५ – डिभिजन टूमा नामिबियाविरुद्ध सहज १३९ रनको विजयी लक्ष्य पाएको नेपाल अहिले गर या मरको स्थितिमा रहेको छ । 

नेपालले ४३ ओभरको समाप्तिमा आफ्ना ८ विकेट गुमाउँदै १११ रन बनाएको छ । अहिले पानी परेर खेल रोकिएको छ । 
अहिले क्रिजमा वसन्त रेग्मी र सोमपाल कामी रहेका छन् । अब नेपाललाई जितका लागि ४२ बलबाट २८ रन आवश्यक रहेको छ । सोमपाल १७ बलमा ११ रन तथा वसन्तले ४ बलमा ३ रन बनाएका छन् । 

नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङमा भने निकै कमजोर प्रदर्शन गर्यो । झिनो लक्ष्य पाएको नेपाल अब जितका लागि सोमपाल र वसन्तले कस्तो प्रदर्शन गर्छन् भन्नेमै भर पर्नेछ । उनीहरु टिकेर खेलेमा ४२ बलबाट २७ रन निकाल्नु खासै समस्या हुनेछैन ।

नेपालका लागि शरद भेषावकरले सर्वाधिक २९ रन बनाए । पारस खड्काले १९ तथा रोहित पौडेलले १७ रनको योगदान दिए । त्यस्तै ज्ञानेन्द्र मल्लले १५ रनको योगदान दिए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन समेत सकेनन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया