MENU

खेल

Ncell Axiata

सन्दिप लामिछाने बने प्लेयर अफ द म्याच

माघ २५ - नामिबियासँगको खेलमा ४ विकेट लिएका नेपालका सन्दिप लामिछाने प्लेयर अफ द म्याच भएको छन् । उनले अन्तिम विकेटका लागि बसन्त रेग्मीसँग मिलेर १८ रनको साझेदारी पनि गरे ।

यो सँगै नेपालले आइसिसी विश्व क्रिकेट लिग डिभिजन टूमा नामिबियासँग १ विकेटको रोमाञ्चक जित हात पारेको छ । नेपालले आफ्नो पहिलो खेलमा नामिबियालाई १ विकेटले हराएको हो ।

नामिवियालाई १ सय ३८ रनमा समेट्न सन्दिपले ४ विकेट लिए । उनले ८ ओभर २ बलमा २ मेडनसहित ४ विकेट लिए । यस्तै सोमपाल कामीले ३ तथा कप्तान पारस खड्का, शरद भेषावकर र वसन्त रेग्मीले १/१ विकेट लिए ।

टस जितेर पहिले बलिङ रोजेको नेपालले नामिविया ३४ ओभर २ बलमा १ सय ३८ रनमा अलआउट गरेको थियो थियो । नामिबियाले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य नेपालले अन्तिम ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया