विज्ञान प्रविधि
रोबोटले गर्याे ‘क्यानइन्फोटेक मेला’को उद्घाटन
- Friday, Feb 09, 2018
- 07:11 AM ( 2 months ago )
- Total Views: 1.4 K
चितवन, माघ २६ – कम्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) चितवनको आयोजनामा बिहीबारदेखि चितवनको भरतपुरमा ‘तेस्रो डिजिकम क्यान इन्फोटेक–२०७४’ सुरु भएको छ । मेलाको बिहीबार एक कार्यक्रममा बीच अक्सफोर्ड कलेजका विद्यार्थीले बनाएको रोबोटद्वारा उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले वटम थिच्दा रोबोटमा जडान गरिएको कैँचीले रिबन काटेको थियो ।
सो क्रममा पोखरेलले सूचना र प्रविधि नै समृद्धिको आधार भएको भन्दै चितवनलाई सूचना र प्रविधिको हव बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विभिन्न बाह्य देशको चमत्कारिक विकास, सूचना र प्रविधिका कारण नै भएको बताउनुभयो ।
चितवन उद्योग संघका अध्यक्ष भेषराज दवाडीले अहिलेको अवस्थामा प्रविधिको विकासमा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै सूचना प्रविधि विज्ञ हरि भण्डारीले सूचना प्रविधिको सही उपयोग गर्नसके विकासमा सहयोग पुग्ने बताउनुभयो । उहाँले सरकारले आइटी क्षेत्रमा चासो कम दिएकोतर्फ ध्यानाकर्षण गराउनुभयो । सूचना प्रविधि र मनोरञ्जनको क्षेत्रमा जनचेतना अभिवृद्धि गर्न, नयांँ पुस्तालाई सक्षम, स्वावलम्बी र प्रविधिमैत्री बनाई जनशक्ति निर्माण गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको क्यान, चितवनले जनाएको छ ।
‘चितवनको समृद्धिः सूचना प्रविधि’ भन्ने मूलनाराका साथ सुरु भएको मेला माघ २९ गतेसम्म चल्नेछ । मेलामा कम्प्युटर, मोबाइल, ल्यापटप, स्मार्ट टिभी, सफ्टवेयरलगायतका ८० वटा स्टल राखिएको छ । यस्तै सूचना प्रविधिसम्बन्धी जनचेतना अभिवृद्धि गर्नका लागि सेमिनार, गोष्ठी, रोबोटिक प्रदर्शनी र गेमिङका स्टल रहने मेला आयोजक समितिका संयोजक भानु शर्माले जानकारी दिनुभयो ।
सम्बन्धित सामग्रीहरु
-
ग्यालेक्सी एस नाइन वैशाख १० देखि नेपालभर
काठमाडौं, वैशाख ६ – सामसङ इलेक्ट्रोनिक्सले नेपाली बजारमा Samsung Galaxy S9+ 128 GB प्रस्तुत गर्ने भएको छ ।
-
बाँदरबाट हामीले पैसाको बारेमा के सिक्न सक्छौँ ?
वैशाख ६ – पैसाको बारेमा के हामी बाँदरसँग केही सिक्न सक्छौँ ? कसरी खर्च गर्ने ? कस्तो जोखिम लिने ? कहाँ लगानी गर्दा फाइदा हुन सक्छ ? के हामी पैसाको बारेमा यी प्रश्न हरुको उत्तर बाँदरसँग सिक्न सक्छौँ ।
-
ट्विटरमा यस्तो समस्या देखियो !
वैशाख ४ – सामाजिक सञ्जाल ट्विटरमा प्राविधिक समस्या देखिएको छ ।
-
रसुवागढी नाकामा सीसीटीभी जडान
रसुवा, वैशाख ३ – नाकामा हुन अवैध क्रियाकलाप रोक्नका लागि १२ वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ ।
-
टेलिकमका नयाँ अफरै अफर
काठमाडौं, वैशाख ३ – नेपाल टेलिकमले सोमबारदेखि थप सुविधाको लागि ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर उपलब्ध गराउने भएको छ ।
-
उत्कृष्ट लयमा रहेका गेललाई पञ्जाबले खेलाएन
वैशाख १० –जारी इन्डियन प्रिमियर लिगमा किंग्स इलाभेन पञ्जाबले ५ खेलमा ४ खेल जित्दै ८ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेकाे छ ।
- मेयरलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गर्न रक्षा मन्त्री पोखरेलको निर्देशन
- पञ्जाबविरुद्ध दिल्लीले गर्याे पाँच खेलाडी परिवर्तन तर सन्दीप परेनन्
- सपना चौधरीको गीतमा क्रिस गेलको यस्तो ‘डान्स’ (भिडियोसहित)
- दक्षिण एशियाली जुडोकाे टिम इभेन्टमा भारत च्याम्पियन
- आयोजक माइभ्यालीलाई हराउँदै मनाङ सेमिफाइनलमा प्रवेश
- नेविसंघद्वारा सभापति देउवाको ध्यानाकर्षण
- साढे ३३ किलो सुन तस्करी प्रकरण : पूर्व डीआईजी निरौला विराटनगर झिकाइए
- अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी तीव्र
- ‘अता,पता, लापता’ ले डुबायो राजपाल यादवलाई, ६ महिना जेल
प्रतिक्रिया दिनुहोस