MENU

खेल

Ncell Axiata

पहिलो खेल जितेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा

काठमाडौं, माघ २६ – आइसीसी वल्ड क्रिकेट डिभिजन टू काे आफ्नो पहिलो खेलमा नामिबियालाई १ विकेटले हराएको नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । बिहीबार भएको पहिलो खेलमा क्यानडा, युएइ र नेपाल विजयी भएका थिए ।१/१ खेल जितेका यी तीन देशको २/२ अंक रहेको छ । रनरेटको आधारमा पहिलो एक खेल जितेको क्यानडा शीर्ष स्थानमा रहेको छ क्यानडाको ४.७७ रनरेट रहेको छ । दोस्रोमा रहेको युएइको ४.३६ रनरेट रहेको छ भने तेस्रोमा रहेको नेपालको ०.०५८ रनरेट छ । 

नेपाल, नामिविया, केन्या, ओमान, युएइ र क्यानडासहित ६ देश सहभागी डिभिजन टूको शीर्ष २ स्थानमा रहने टोलीले जिम्वाबेमा हुने विश्वकप छनौट खेल्न पाउनेछन ।

विश्वकप छनोटको यात्रा तय गर्नका लागि हरेक खेल जित्नुपर्ने र तालिकाको शीर्ष दुईमा रहनकाे लागि हरेक देशको प्रयास हुनेछ । यस्तोमा हरेका देश हरेक खेल जित्नका लागि खेल्नेछन् । बराबर अंक भएमा रनरेटको आधारमा शीर्ष टीमको छनोट हुन्छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया