MENU

खेल

ujyaalo forign call inside

शीतकालिन ओलम्पिक आजदेखि

माघ २६ – तेइसौं शीतकालीन ओलम्पिक शुक्रबारदेखि दक्षिण कोरियामा सुरु हुँदै छ । उत्तर र दक्षिण कोरिया बीच विवाद भइरहेका बेला सुरु हुन लागेको यस ओलम्पिकलाई निकै महत्वका साथ हेरिएको छ ।

यतिबेला उत्तर र दक्षिण कोरिया विगतलाई केही हदसम्म विर्सिएर केही खेलमा संयुक्त टिम बनाएर सहभागि भएका छन् । जुन खेलकुद मार्फत राजनीतिक विवाद समाधान गर्ने अस्त्र बन्ने अनुमान गरिएको छ ।

उत्तर र दक्षिणको आईस हक्कि टिम संयुक्त रुपमा अन्य देशसँग भिड्ने छन् । यसैगरी रुसका एथलेटिक्स खेलाडीहरु ओलम्पिकको झण्डामुनि खेल्नुपर्ने बाध्यता पनि छ । रुसका धेरै खेलाडीहरु डोपिङमा परेपछि यस पटकको प्रतियोगितामा रुसको झण्डा नफहराइने भएको हो ।

१७ दिन सम्म चल्ने शीतकालीन ओलम्पिकमा ३ हजार वढी खेलाडीहरुले मेडलका लागि प्रतिस्पर्धा गर्नेछन् । अहिले सम्म ओलम्पिक हेर्नका लागि ७७ प्रतिशत बढी टिकट बिक्री भइसकेको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया