MENU

समाज

ujyaalo forign call inside

गुल्मीको सिद्देश्वर सामुदायिक वनमा आगलागी

गुल्मी, माघ २६ – गुल्मीको मुसिकोट नगरपालीका–५ मा रहेको सिद्देश्वर सामुदायिक वनमा आगलागी भएको छ । बिहीबार मुसिकोट नगरपालीका–६ कुर्घाको मालीका चौरदेखि सुरु भएको आगो शुक्रवार बिहानसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागीले भिषण रुप लिदै जान थालेपछि यतिवेला आँपचौरको खर्वाङ्ग गाउँका स्थानीय त्रसित बनेका छन् । 

आगो निभाउनका लागि उनीहरुले नेपाली सेना, प्रहरी, शसस्त्र लगायत स्थानीयहरुको सहयोग मागेका छन् । आगो अहिले आँपचौरको थामडाँडामा पुगेको बताईएको छ । आगोलागी भएको ठाउँदेखि केही तल घनाबस्ती रहेको कारण आगो बस्ती नजिकै पुग्ने खतरा देखिएको स्थानीय अर्जुन अर्यालले जानकारी दिनुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस