MENU

राजनीति

Ncell Axiata

​प्रदेश नम्बर ३ : मुख्यमन्त्रीको दौडबाट राजेन्द्र पाण्डे बाहिर, शाक्य र पौडेल प्रतिस्पर्धामा

काठमाडौं, माघ २६ – प्रदेश नम्बर ३ मा एमालेको संसदीय दलको नेताका लागि एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र नेता डोलमणी पौडेलबिच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार हुने चुनाबका लागि शाक्य र पौडेलले मात्र उम्मेदवारी दर्ता गर्नुभएको हो । यसअघि एमाले नेता राजेन्द्र पाण्डेले पनि यो पदमा दावी गर्दै आएपनि उहाँ चुनावी दौडबाट बाहिरिनुभएको हो । 

उपाध्यक्ष शाक्य वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको र नेता पौडेल अध्यक्ष केपी शर्मा ओली पक्षबाट उम्मेदवार बन्नुभएको हो । संसदीय दलको नेतामा चुनाव जित्ने ब्यक्तिलाई प्रदेश नम्बर ३ को मुख्य मन्त्री बन्ने बाटो खुल्नेछ । मतदान ललितपुरको च्यासलमा दिउँसो १२ बजेपछि सुरु हुनेछ । एमालेमा संसदीय दलको नेता छान्न ५८ जनाले मतदान गर्नेछन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया