MENU

राजनीति

ujyaalo forign call inside

प्रदेश ७ को सभामुखमा अर्जुनबहादुर थापा

विमल विष्ट/उज्यालो । 

डोटी, माघ २६ – प्रदेश नम्बर ७ को सभामुखका लागि नेकपा एमालेले बझाङका प्रदेश सांसद अर्जुनबहादुर थापालाई उम्मेदवार बनाउने भएको छ । शनिबार हुने सभामुख पदको मनोनयनका लागि थापालाई आधिकारिक रूपमा उम्मेदवार बनाउने एमालेले जनाएको छ ।

एमाले उपाध्यक्ष तथा प्रदेश संयोजक भीम रावल र सहसंयोजक कर्णबहादुर थापाले सभामुखको उम्मेदवारी टुंगो लगाएका हुन्  । ‘दुवै नेता सांसद थापाका पक्षमा सकारात्मक हुनुहुन्छ’ एमालेका एकजना नेताले भन्नुभयो – ‘उहाँको उम्मेदवारीबारे औपचारिक रूपमा घोषणा गर्न मात्रै बाँकी छ, सबै कुरा मिली सक्यो ।’ 

प्रदेश नम्बर ७ मा सभामुखको लागि शनिबार मनोनयनपत्र दाखिला र २९ गते चुनाव हुँदैछ । प्रदेश नम्बर ७ मा एमालेका २५,  माओवादी केन्द्रका १४, कांग्रेसका १२ र राजपाका दुई जना सांसद रहेका छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया