MENU

मनोरञ्जन

ujyaalo forign call inside

​फ्राइडे सिनेमा : ‘कृ’सँगै ‘प्याड म्यान’ र ‘ब्ल्याक प्यान्थर’ प्रदर्शनमा

काठमाडौं, माघ २६ – शुक्रबारदेखि नेपाली सिनेमा घरहरुमा घरेलु चलचित्र ‘कृ’सँगै बलिउड चलचित्र ‘प्याड म्यान’ र हलिउड चलचित्र ‘ब्ल्याक प्यान्थर’ पदर्शनमा आएको छ ।

बहुप्रतिक्षित नेपाली चलचित्र ‘कृ’मा अनमोल केसी, अदिती बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासीयालगायतको मुख्य भूमिका रहेको छ ।

भुवन केसी र सुवास गिरीले निर्माण गरेको चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका छन् । यो चलचित्र एक्सन र प्रेम कथामा आधारीत छ । यस चलचित्रका लागि शरीर बनाउन अनमोलले निकै मिहिनेत गरेका थिए । नेपाली सिनेमा क्षेत्रमा ‘लभर ब्वाइ’का रुपमा परिचित अनमोल यस चलचित्रबाट भने ‘एक्सन हिरो’का रुपमा उदाएका छन् । 

सुरेन्द्र पौडेलले निर्देशन गरेको यस चलचित्रमा रेनशा वान्तवा राईको कोरियोग्राफी रहेको छ भने द्वन्द निर्देशन चन्द्र पन्तले गरेका हुन् । त्यस्तै, चलचित्रमा अलमोडा उप्रेती राना र विशेष पाण्डेयको संगीत रहेको छ । चलचित्रको ‘यति यति पानी’ बोलको गीत निकै चर्चित भइसकेको छ । 

त्यस्तै शुक्रबारदेखि प्रदर्शनमा आएको बलिउड चलचित्र ‘प्याड म्यान’ सामाजिक सन्देश बोकेको चलचित्र हो । यसमा महिनावारी समस्याका बेला महिलाहरुले भोगेको पिडालाई देखाइएको छ । चलचित्रमा अक्षय कुमार, सोनम कपुर र राधिका आप्टेको मुख्य भूमिका रहेको छ ।

चलचित्रलाई श्रुति महाजनले निर्देशन गरेका छन् भने पिसी श्रीरामले छायांकन गरेका हुन् । यसअघि यो चलचित्र जनवरी २५ मा प्रदर्शन हुने भनिए पनि संजयलिला भन्सालीको चलचित्र ‘पद्मावत’सँग प्रदर्शन मिति जुधेपछि चलचित्रको प्रदर्शन मिति सारीएको थियो ।

यी दुई चलचित्रसँगै हलिउड चलचित्र ‘ब्ल्याक प्यान्थर’ पनि शुक्रबारबाट पदर्शनमा आएको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया