MENU

राजनीति

Ncell Axiata

समानुपातिक सूची बुझाउँदा बित्तिकै प्रधानमन्त्रीको राजिनामा : रक्षामन्त्री प्रधान

दयाराम आचार्य/उज्यालो ।

नवलपरासी,माघ २६ – नेपाली कांग्रेसका नेता एवंम रक्षामन्त्री भीमसेनदास प्रधानले वाम गठबन्धले बहुमत हासिल गरेकाले नेपाली कांगे्रस अब शसक्त प्रतिपक्षको रुपमा बस्ने बताउनुभएको छ ।

प्रेस युनियन नवलपरासीले शुक्रबार बिहान कावसोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । स्थायी सरकारले मुलुकमा शुसासन कायम गर्ने बताउदै उहाँले वाम गठबन्धलाई सरकार गठनको शुभकामना दिँदै प्रजातन्त्रलाई मजबुत बनाउन पनि सरकारलाई सहयोग गर्ने बताउनुभयो ।

निर्वाचन आयोगले समातुपातिकको सूचि बुझाए लगतै प्रधानमन्त्रीले राजिनामा दिने उहाँले बताउनुभयो । निर्वाचन आयोगले फागुन २ गते समानुपातिकको सूची बुझाउने र त्यसलगतै प्रधानमन्त्रीले राजिनामा दिने उहाँले जानकारी दिनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया