MENU

राजनीति

ujyaalo forign call inside

​प्रदेश १ : मुख्यमन्त्रीको दौडमा आचार्य र राई, जीवन पछि हटे

मोरङ, माघ २६ – प्रदेश नम्बर १ मा एमाले संसदीय दलको नेताका लागि भिम आचार्य र शेरधन राईले उम्मेदवारी दर्ता गराउनुभएको छ । सहमतिको लागि भन्दै जीवन घिमिरेले भने उम्मेदवारी नै दर्ता गराउनुभएन । 

अब मुख्यमन्त्री बन्ने बाटोको रुपमा रहेको संसदीय दलको नेताका लागि आचार्य र राईबीच प्रतिस्पर्धा हुने भएको हो । तुलसी न्यौपाने प्रस्तावक र गणेश काम्बाङको समर्थनमा आचार्यको उम्मेदवारी परेको हो । 

यस्तै राईको प्रस्तावकमा जगदीश कुशैत र समर्थकमा हिक्मत कार्की हुनुहुन्छ । संसद् भवन जिल्ला समन्वय समिति विराटनगरमा दिउँसो २ बजेपछि ५१ जनाले मतदान गर्नेछन् । 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया