MENU

समाज

Ncell Axiata

ठेकेदारको लापरवाहीले ८ वर्षदेखि निर्माणाधीन विद्यालय भवन अलपत्र, भारतीय दुतावासले अनुदान नै रोक्यो

ओखलढुंगा, माघ २६ – भारतीय दुतावासको अनुदान सहयोगमा निर्माणाधीन ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नम्बर २ को हिमालय माध्यामिक विद्यालयको भवन ८ वर्षदेखि अलपत्र परेको छ । 

ठेकेदार कम्पनीले काम नगर्दा विद्यालयको निर्माणाधीन पक्की भवन अलपत्रमा परेको हो । तत्कालीन जिल्ला विकास समितिमार्फत आर्थिक वर्ष ०६५/०६६ मा ठेक्का दिइएको यो भवनमा लगाइएको पर्खालसमेत अहिले भत्किन थालेको छ ।

तीन वर्षमा सक्ने गरी कुल १ करोड ४९ लाख रुपैयाँमा ‘विरुवा पुष्पाञ्जली जेभी’ कम्पनीले भवन निर्माणको ठेक्का लिएको थियो । त्यो भवन निर्माणका लागि एक वर्ष म्याद थप भए पनि अझै ४० प्रतिशत काम बाँकी छ ।

विद्यालय भवन निर्माण नहुँदा पठन पाठन प्रभावित भएकाले आवश्यक कारवाही गर्न माग गर्दै हिमालय माविले ०७४ भदौ २१ गते जिल्ला प्रशासन कार्यालय ओखलढुंगा र जिल्ला समन्वय समितिलाई निवेदन दर्तासमेत गरेको थियो । जिल्ला प्रशासन कार्यालयले भदौ २१ गते नै जिल्ला समन्वय समितिलाई कारवाही प्रकृया अघि बढाउन लिखित निर्देशन दिए पनि समितिले कुनै कारवाही प्रकृया अघि बढाएको छैन ।

भारतीय दुतावासबाट सहयोग प्राप्त उक्त भवन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले सम्झौता अनुसार काम नगरेपछि दुतावासले ओखलढुंगामा अन्य पूर्वाधार विकासमा अनुदान दिएको छैन । एउटा भवनका कारण जिल्लामा आउने अनुदानसमेत रोकिएको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका छन् ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया