MENU

समाज

ujyaalo forign call inside

भूकम्प पीडितले चैत मसान्तसम्म दोस्रो किस्ता लिन पाउने

काठमाडौं, माघ २६ – राष्ट्रिय पुननिर्माण प्राधिकरणले अघिल्लो वर्षको पुस मसान्तभित्र पहिलो किस्ता लिएका भूकम्प प्रभावितले दोस्रो किस्ताको अनुदान लिने अवधि तीन महिना थप गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्राधिकरणको निर्देशक समितिको बैठकले दोश्रो किस्ता लिने अवधि तीन महिना समय थप गर्ने निर्णय गरेको हो । यस अघि गएको असार २७ मा बसेको समितिको बैठकले गएको वर्षको पुस मसान्तसम्म पहिलो किस्ता लिएका प्रभावितले गएको पुस मसान्तभित्र दोस्रो किस्ता लिनुपर्ने समय तोकेको थियो ।

तर तोकिएको समयभित्र सबै लाभग्राहीले दोश्रो किस्ताको रकम नलिएपछि तीन महिनालाई अवधि थप गर्ने निर्णय गसिरएको हो । अब पुस मसान्त सम्ममा दोस्रो किस्ता नलिएका भूकम्प प्रभावितले चैत मसान्तसम्म किस्ता लिन सक्नेछन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया