MENU

राजनीति

Ncell Axiata

संसदीय दलको नेतामा अष्टलक्ष्मी पराजित, प्रदेश ३ को मुख्यमन्त्रीमा डोरमणि पक्का

काठमाडौं, माघ २६ – प्रदेश नम्बर ३ को एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल विजयी हुनुभएको छ । संसदीय दलको नेता चयन गर्न भएको चुनावबाट ३४ मत ल्याएर पौडेल विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य २४ मत ल्याएर पराजित हुनुभयो ।

 शाक्य नेता माधवकुमार नेपाल पक्ष र पौडेल अध्यक्ष केपी शर्मा ओली पक्षका मानिनुहुन्छ । वाम गठबन्धनले गरेको तालमेल अनुसार प्रदेश नम्बर ३ को मुख्य मन्त्रीको भाग एमालेलाई परेको छ । 

पौडेल यसअघि हेटौंडा नगरपालिकाको मेयर तथा नगरपालिका संघको अध्यक्षसमेत बनिसक्नुभएको थियो । ७२ वर्षीय पाैडेल प्रदेश नम्बर ३ को सबैभन्दा ज्येष्ठ सदस्य पनि हुनुहुन्छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया