MENU

समाज

ujyaalo forign call inside

सरकारी अस्पतालमा विरामी छैनन् सामुदायिक अस्पतालमा भीँड

शिव ढुंगाना/उज्यालो ।

ओखलढुंगा, माघ २६– ओखलढुंगाको एक मात्र सरकारी अस्पताल रुम्जाटार अस्पतालमा उपचार गराउन जाने विरामीको संख्या न्यून छ । सरकारले दिने निशुल्क औषधि र दक्ष जनशक्ति अस्पतालमा खटाए पनि विरामीहरु भने उपचार गर्न सदरमुकाममा रहेको ओखलढुंगा सामुदायिक अस्पतालमा आउँछन् । जिल्लाभित्रका मात्र नभएर छिमेकी जिल्लाहरु सोलुखुम्बु, खोटाङ र उयदपुरबाट समेत आउने विरामीहरु सरकारी अस्पताल छोडेर सामुदायिक अस्पताल जाने गरेका छन् । 

सरकारी जिल्ला अस्पताल भने सदरमुकामदेखि ११ किलोमिटर टाढा रुम्जाटारमा छ । उपचार सेवा अन्य अस्पतालमाभन्दा नराम्रो भएकाले जिल्ला अस्पतालको सेवा नै ओझेलमा परेको सरोकारवाला बताउँछन् । अस्पतालको सेवा र गुणस्तर बृद्धि गरेर प्रभावकारी बनाउनु पर्ने समाजसेवी सिताराम गुरुङले बताउनुभयो । १५ शैय्याको रुम्जाटार जिल्ला अस्पतालको प्रमुख काम पोस्टमार्टम गर्ने मात्र देखिएको सरोकारवालाहरुको गुनासो रहेको छ । यो अस्पतालमा दक्ष जनशक्तिको दरबन्दी पनि छ । दरबन्दी अनुसारका चिकित्सक र स्वास्थ्यकर्मी पनि छन् । तर अस्पतालका शैय्या प्रायः रित्तै देखिन्छन् । 

अस्पतालका प्रमुख डा. मुकुन्द यादवले अस्पतालमा सामान्य शल्यक्रिया पनि नहुने भएकाले बिरामी कम आउने मुख्य कारण रहेको बताउनुभयो । अस्पतालसम्म आउने बाटो समेत असहज भएकाले पनि विरामीहरु सदरमुकामको सामुदायिक अस्पताल र निजी क्लिनिकहरुमा जाने गरेका छन् ।  जिल्लाको कतैबाट सहज बाटो नहुनु पनि अर्को कारण भएको उहाँको भनाइ छ ।

अस्पतालका अनुसार दैनिक औसत ५० देखी ६० जना ओपिडीमा बिरामी आउँछन् । अन्य सबै बिरामी सदरमुकाममा रहेको ओखलढुंगा सामुदायिक अस्पतालमा जाने गरेका छन् ।  सरकारी अस्पताल रित्तो हुँदा सामुदायिक अस्पतालमा बिरामीको भीँड लाग्ने गर्छ । ५० शैय्याको उक्त अस्पतालमा दैनिक ३ सयसम्म विरामी उपचार गर्न आउँछन् । 

सरकारी अस्पतालको भौतिक पूर्वाधार निर्माणमा सरकारले करोडौं लगानी गरेको छ । तर प्रभावकारी सेवा, सस्तो र भरपर्दाे दिन नसक्दा यहाँ आउने स्वास्थ्यकर्मी समेत छिट्टै सरुवा लिएर जाने गरेका छन् । उपचार सम्बन्धी उपकरण र सुविधा बढाउन सके अस्पतालबाट सर्वसाधारणले पाउने उपचार सेवा पनि प्रभावकारी हुने उनीहरुको भनाइ छ । रुम्जाटारकै विरामीहरु पनि सामुदायिक अस्पताल आउने गरेपछि अन्य क्षेत्रका विरामीहरु जिल्ला अस्पताल जान छाडेका छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया